Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

वीर अस्पतालको छतबाट हामफालेर एक पुरुषको मृत्यु, सनाखत हुन सकेन, खल्तीमा पाँचको नोट र सलाईको बट्टा मात्र

वीर अस्पतालको छतबाट हामफालेर एक पुरुषको मृत्यु, सनाखत हुन सकेन, खल्तीमा पाँचको नोट र सलाईको बट्टा मात्र

images

इच्छाकामना न्युज

१८, भाद्र २०८०
वीर अस्पतालको छतबाट हामफालेर एक पुरुषको मृत्यु, सनाखत हुन सकेन, खल्तीमा पाँचको नोट र सलाईको बट्टा मात्र
images

काठमाण्डौ । वीर अस्पतालको घोटौँ तल्ला माथिबाट हामफालेर सोमबार बिहान आत्महत्या गरेका पुरुषको सनाखत भएको छैन । 

अस्पतालका निर्देशक सन्तोष पौडेलले अहिलेसम्म शव दाबी गर्न कोही पनि आफन्त नआएको बताए । शवलाई पोस्टमार्टमका लागि पठाइएको छ । घटना सोमबार बिहान अन्दाजी २–३ बजेतिरको हो । अस्पताल सुनसान भएको अवस्थामा ती पुरुष बाहिरबाट आएर सरासर भवनको छैटौँ तल्लामा उक्लिएका थिए । माथिबाट हामफाले पछि गार्डले थाहा पाएका हुन् । उनको टाउको फुटेको छ । 

अस्पताल स्रोतका अनुसार हुलिया हेर्दा मृतक अति विपन्न व्यक्ति जस्तो देखिन्छन् । उनको उमेर अनुमानित ३५-४० वर्ष छ ।  उनले फाटेको लुगा लगाएका थिए । उनको साथमा मोबाइल, परिचयपत्र केही पनि भेटिएको छैन । केवल पाँच रुपैयाँको नोट र एउटा सलाईको बट्टा भेटिएको छ । उनी मानसिक अवस्था ठीक नभएको र आत्महत्याकै उद्देश्यले बाहिरबाट आएको अनुमान छ । अस्पतालमा उनको कोही पनि बिरामी रहेको पाइएको छैन । उनी अस्पतालभित्र लुकिलुकी छिरेको दृश्य सीसीटीभी फुटेजमा कैद भएको छ ।  

images
प्रकाशित मिति :भाद्र १८, २०८० सोमवार - १५:४७:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology