आँबुखैरेनी । इलाका प्रहरी कार्यालय आँबुखैरेनीले चोरीको मोटरसाईकल सहित १ जना नाबालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ बेशिसहरका एक नाबालक रहेको छ । निजलाई आँबुखैरेनी ४ स्थित बेनिटारमा रहेको प्रहरी चेकपोष्टमा सवारी साधानहरु चेकजाँच गर्ने क्रममा शुक्रबार पक्राउ गरेको हो ।
उक्त मोटरसाईकल चन्द्रागिरी नगरपािलका १४ बाट चोरी गरि ल्याईएको मोटरसाईकल राम बहादुर तामाङको नाममा दर्ता रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरिक्षक शिव थापाले जानकारी दिए । उनका अनुसार चोरी भएको मोटरसाईकलको नं. प्रदेश ०२ ०३५ प. ७९८३ भएकोमा उक्त नम्बर परिवर्तन गरि लु. ८५ प १६८४ बनाएको थियो ।
पक्राउ परेका नाबालकलाई थप कारबाहीको लागि मोटरसाईकल सहित जिल्ला प्रहरी कार्यालय काठमाण्डौ अन्तर्गत प्रहरी वृत्त थानकोटमा पठाईएको उनले बताए ।