Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट : नेपालले आज बहराइनसँग खेल्दै

महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट : नेपालले आज बहराइनसँग खेल्दै

images

इच्छाकामना न्युज

१५, भाद्र २०८०
महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट : नेपालले आज बहराइनसँग खेल्दै
images

काठमाडौँ । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज नेपालले बहराइनसँग खेल्दैछ । 

खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे क्वालालम्पुरमा सुरु हुनेछ । पहिलो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको नेपाल लगातार दोस्रो जित दर्ता गर्ने योजनामा रहेको छ । 

नेपालभन्दा बहराइन तुलनात्मकरूपमा कमजोर टिम हो । आजको खेल जित्दै नेपाल सेमिफाइनलको सम्भावनालाई बलियो बनाउने लक्ष्यमा रहेको छ । 

यस्तै, पहिलो खेलमा कतारलाई पराजित गरेको बहराइन पनि लगातार दोस्रो जितको खोजीमा रहने छ ।

नेपालले आगामी आइतबार भुटान, मंगलबार कतार र बुधबार यूएईसँग खेल्नेछ । 

प्रतियोगितामा ११ राष्ट्रको सहभागिता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । 

समूह ए मा नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र यूएई छन् भने समूह बी मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् । 

फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी-ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।

images
प्रकाशित मिति :भाद्र १५, २०८० शुक्रवार - ०९:१६:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology