Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट खेल : नेपालद्वारा मलेसिया पराजित

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट खेल : नेपालद्वारा मलेसिया पराजित

images

इच्छाकामना न्युज

१४, भाद्र २०८०
आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट खेल : नेपालद्वारा मलेसिया पराजित
images

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गरेको छ। 

क्लालाम्पुरस्थित बायमास ओभलमा घरेलु टोली मलेसियालाई नेपालले ५ रनले पराजित गरेको हो। ८५ रनको विजयी लक्ष्यसहित मैदानमा आएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रनमात्र बनाउन सक्यो। 

मलेसियाका लागि कप्तान जुलिया वान रोस्लीले  सर्वाधिक २८ रनको योगदान गरिन्। त्यस्तै एइना हमिजाले १४ रन बनाइन्। नेपालका कविता कुँवर र कविता जोशीले समान २(२ विकेट  लिए। रुविना क्षेत्री र अस्मिना कर्मचार्यले समान १(१ विकेट लिए।

त्यसअघि टस हारेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रन बनाएको थियो।  नेपालका लागि सिता रानामगरले सर्वाधिक ३८ रन बनाइन्। उनले ५४ बलको सामना गर्दै एक चौकाको मद्दतमा नटआउट रहिन्।  कप्तान रुबिना क्षेत्रीले १२ रन बनाउँदा अप्सरी बेगमको नाममा १७ रनको योगना रह्यो।  

नेपालले २४ रन बनाउँदा ५ विकेट गुमाएको थियो। छैठौं विकेटका लागि सिता र रुबिनाले ५१ रनको साझेदारी गर्दै नेपाललाई मध्यम अवस्थामा पुर्‍याए। नेपालको ७५ रन हुँदा कप्तान रुबिनालाई गुमायो। नेपालका ३ खेलाडी शून्यमा आउट भए। 

मलेसियाकी अइना हमिजले २ तथा इजाती इस्माली र निक नुरले समान १(१ विकेट लिए।  नेपालले आफ्नो दोस्रो खेलमा भोलि बहराइनसँग खेल्ने छ। 

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन्। समूह ‘बी’ मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन्। प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टि(२० क्वालिफायर खेल्न पाउनेछन्।

images
प्रकाशित मिति :भाद्र १४, २०८० बिहिवार - ११:१५:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology