Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनाको बिकट गाउँको ३९३ घरमा सुरक्षित खानेपानी सेवा विस्तार

इच्छाकामना न्युज

१३, भाद्र २०८०
इच्छाकामनाको बिकट गाउँको ३९३ घरमा सुरक्षित खानेपानी सेवा विस्तार
images

चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा ३ सय ९३ घरपरिवार सुरक्षित खानेपानी सेवाबाट लाभान्वित हुने भएका छन् । वाइन टु वाटर नेपालको ६५ प्रतिशत लगानी, इच्छाकामना गाउँपालिकाको २५ प्रतिशत र उपभोक्ताको १० प्रतिशत गरी कुल ४ करोड ३६ लाख ६५ हजार ९ सय ८९ रुपैयाँ लागतमा बन्ने खानेपानी तथा सरसफाइ आयोजनाबाट ३ सय ९३ परिवारका हुने तयारीमा रहेको र जसबाट २०९५ जनसख्या लाभान्वित हुने छन् ।

वाइन टु वाटर नेपाल र इच्छाकामना गाउँपालिकाको साझेदारीमा आर्थिक वर्ष २०८०/०८१ मा २ वटा सोलार लिफ्ट र ३ वटा ग्राभिटीमा आधारित गरी ५ वटा खानेपानी आयोजना निर्माण हुने वाइन टु वाटर नेपालकी राष्ट्रिय निर्देशक रोशनी कार्कीले जानकारी दिनुभयो । उक्त खानेपानी आयोजनाहरुमा खानेपानी योजना सँगै सरसफाइ, स्वच्छता र जीविकोपार्जनका क्रियाकलापहरु पनि सञ्चालन हुने उहाँले बताउनुभयो ।

‘सञ्चालित कार्यक्रमहरुबाट बिकट गाउँमा रहेका चेपाङ समुदायको आर्थिक अवस्थामा सुधार आउने र जीविकोपार्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ’ उहाँले भन्नुभयो ।

दुर्गम गाउँमा बसोबास गर्ने समुदायलाई प्रशोधित खानेपानी र एक घर एक धाराको अबधारणा अनुसार खानेपानी उपलब्ध गराउने वाइन टु वाटरको लक्ष्य रहेको छ । यी योजनाहरु सम्झौताको चरणमा रहेको र असोज महिना देखि कार्यान्वयनमा आउनेछन् ।

विगत तीन वर्षदेखि संस्थाले इच्छाकामना गाउँपालिकामा बिभिन्न खानेपानी, सरसफाइ तथा स्वच्छता, जीविकोपार्जन, आपतकालीन सहयोग लगायत क्रियाकलापहरु गर्दै आइरहेको वाइन टु वाटर नेपालका प्रोग्राम मेनेजर यज्ञराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार इच्छाकामना गाउँपालिकामा हालसम्म १२ वटा खानेपानी योजनाहरु सम्पन्न भएका छन् । जसबाट ६ सय ४६ घरपरिवार लाभान्वित भएका छन् भने ती सबै योजनाहरु समुदायमा हस्तान्तरण भईसकेका छन् ।

प्रकाशित मिति :भाद्र १३, २०८० बुधवार - ०८:०८:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology