Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मृगौला झिकेका कारण मृत्यु भएका परिवारलाई २२ लाख क्षतिपूर्ति र चिकित्सकलाई कारबाही गर्ने भएपछि पीडित परिवारले बुझे शव

मृगौला झिकेका कारण मृत्यु भएका परिवारलाई २२ लाख क्षतिपूर्ति र चिकित्सकलाई कारबाही गर्ने भएपछि पीडित परिवारले बुझे शव

इच्छाकामना न्युज

१२, भाद्र २०८०
मृगौला झिकेका कारण मृत्यु भएका परिवारलाई २२ लाख क्षतिपूर्ति र चिकित्सकलाई कारबाही गर्ने भएपछि पीडित परिवारले बुझे शव
images

धनगढी । धनगढी उपचारका क्रममा मृत्यु भएका एक महिलाको परिवारलाई २२ लाख क्षतिपूर्ति दिन भएपछि मृतकको परिवारले शव बुझेका छन् ।

images
images

कञ्चनपुर बेलौरीका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्युपछि उचित क्षतिपूूर्ति र चिकित्सकलाई कारबाहीको माग गर्दै आफन्त आन्दोलित भएका थिए । क्षतिपूर्ति वापत एक करोड रुपैयाँ दिनुपर्ने उनीहरुको माग भएपनि सोमबार राति २२ लाख रुपैयाँमा सहमति जुटेको हो ।

‘उहाँहरुले एक करोड रुपैयाँ माग गर्नुभएको थियो, तर त्यति ठूलो रकम दिन सक्ने अवस्था थिएन’ अस्पताल स्रोतले भन्यो, ‘अबेर राति २२ लाखमा सहमति भयो । सहमतिअनुसार उहाँहरुलाई पैसा दिएपछि शव बुझेर लैजानुभयो ।’

मृतकका भतिज राजकुमारले शल्यक्रियामा संलग्न डाक्टर जोनेश तिवारीलाई कारबाहीका लागि सिफारिस गर्ने सहमति पनि भएपछि आफूहरुले शव बुझेको उनले बताए ।

त्यस्तै चौधरीको बायाँ मृर्गौलामा दुई वटा र दायाँ मिर्गौलामा एउटा पत्थरी निकाल्न शल्यक्रिया गरिएको थियो । तर, शल्यक्रियापछि रक्तश्राव रोकिएन मृर्गौलामा आन्तरिक रक्तश्राव भएको भन्दै आफन्तको सहमतिमा डाक्टरले मृर्गौला झिकेका थिए । मृर्गौला झिकेपछि रक्तश्राव रोकिए पनि चौधरीको हिजो (सोमबार) उपचारकै क्रममा मृत्यु भएको हो ।

images
प्रकाशित मिति :भाद्र १२, २०८० मंगलवार - १२:४७:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology