Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

अवैध लागुऔषध गाजा सहित चण्डिभञ्ज्याङ्गका तिलक गुरुङ आँबुखैरेनीको बेनिटारमा समातिए

अवैध लागुऔषध गाजा सहित चण्डिभञ्ज्याङ्गका तिलक गुरुङ आँबुखैरेनीको बेनिटारमा समातिए

images

इच्छाकामना न्युज

११, भाद्र २०८०
अवैध लागुऔषध गाजा सहित चण्डिभञ्ज्याङ्गका तिलक गुरुङ आँबुखैरेनीको बेनिटारमा समातिए
images

आँबुखैरेनी । अवैध लागु औषध गाँजा सहित तनहुँको आँबुखैरेनी गाउँपालिका ४ स्थित बेनिटारबाट १ जना पक्राउ परेको छ । पक्रउ पर्नेमा चितवन इच्छाकामना गाउँपालिका वडा नं. ६ चण्डिभञ्ज्याङ्गका ३० वर्षीय तिलक गुरुङ रहेको छ ।

गुरुङलाई अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजीपबाट खटिएको प्रहरी टोलीले आज बिहान करिब ८ः३० बजेतिर चेकजाँच गर्ने क्रममा मुग्लिन तर्फबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग २ ख ९७१ नं. को बसमा झोलाभित्र लुकाई छिपाई ल्याएको अवस्थामा १ किलो गाँजा सहित पक्राउ गरेको हो ।

उक्त लागु औषध सहित पक्राउ परेका निज तिलक गुरुङलाई तनहुँ जिल्ला अदालतबाट दिन १० को म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :भाद्र ११, २०८० सोमवार - १९:०२:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology