आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा अलपत्र परेका एक वृद्धाको स्थानीय युवाहरुले उद्वार गरेका छन । वडा नं. ३ डाडा टोल स्थित सडकमा एक वृद्धालाई अलपत्र अवस्थामा देखेपछी सोधपुछ गर्दा देवघाट बस्ने र आर्थिक अवस्था कमजोर भई गतव्य सम्म पुग्न समस्या भएको बताएपछि स्थानीय युवाहरुले गन्तव्य सम्म पुर्याउन सहयोग गरेका छ्न ।
उक्त वृद्धालाई बसको व्यवस्थापन गरी, केही आर्थिक सहयोग रकम दिएर बसमा पठाइएको र बसका चालकले पनि सुरक्षित एवम् निःशुल्क गन्तव्यमा पुर्याउने वाचा गरेका थिए। अलपत्रमा परेका उक्त वृद्धालाई गन्तव्य सम्म पुर्याउन सहयोग गर्ने स्थानीय युवाहरु तथा बस चालकले मानव धर्मको पुन्य काम गरेका छ्न ।