Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सेप्टेम्बर १८ देखि फेसबुकले बन्द गर्दैछ मेसेन्जर लाइट

सेप्टेम्बर १८ देखि फेसबुकले बन्द गर्दैछ मेसेन्जर लाइट

एजेन्सी

११, भाद्र २०८०
सेप्टेम्बर १८ देखि फेसबुकले बन्द गर्दैछ मेसेन्जर लाइट
images

काठमाडौँ । मेटा कम्पनीले फेसबुक मेसेन्जरको कम स्टोरेज तथा डाटा खपत गर्ने संस्करणको रुपमा रहेको मेसेन्जर लाइट बन्द गर्ने भएको छ ।

images
images

समाचार अनुसार गुगल प्ले स्टोरबाट यसअघि नै हटाइएको यो एप एन्ड्रोइड डिभाइसमा आगामी महिनादेखि बन्द हुनेछ । अर्थात् जो प्रयोगकर्ताको स्मार्टफोनमा यसअघि नै मेसेन्जर लाइट एप डाउनलोड भैसकेको छ उनीहरुका लागि समेत सेप्टेम्बर १८ देखि एन्ड्रोइडले सपोर्ट बन्द गर्नेछ भने सेप्टेम्बर २८ देखि मेसेज आदानप्रदान नै रोक्नेछ ।

फेसबुकले सन् २०१६ मा मेसेन्जर लाइट एप ल्याएको थियो । यो एप प्रयोगकर्तामाझ निकै लोकप्रिय पनि थियो । डिभाइसको स्टोरेज कम ओगट्ने तथा डाटा खपत पनि कम गर्ने यो एप आइओएसमा भने सन् २०२० मै बन्द गरिएको थियो ।

मेसेन्जर लाइटलाई विश्वभरका ७६करोड मानिसले डाउनलोड गरेका थिए । यसका सबैभन्दा धेरै प्रयोगकर्ता भारतमा थिए भने दोश्रोमा ब्राजिल र तेश्रोमा इण्डोनेसिया थियो ।

मेटाले मेसेन्जर लाइटमा विभिन्न खालका परिवर्तन गरेको छ । आगामी सेप्टेम्बर २८ देखि यो मेसेन्जर एपले एसएमएस सपोर्ट नगर्ने बताइएको छ । अर्थात् सेप्टेम्बर २८ देखि मेसेन्जर लाइटबाट मेसेज पठाउन तथा प्राप्त गर्न सकिनेछैन ।

फेसबुक मेसेन्जरको मूल संस्करणमा यो वर्षको अन्त्य सम्ममा एण्ड टू एण्ड एन्क्रिप्सन फिचर सहित सुरक्षा तथा गोपनियता फिचर थप गर्ने योजना बनाएको मेटाले लाइट भर्सनलाई बन्द गर्ने निर्णय गरेको हो । एजेन्सीको सहयोगमा

images
प्रकाशित मिति :भाद्र ११, २०८० सोमवार - १६:५६:५७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology