आँबुखैरेनी। ईलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँका प्रहरी निरीक्षक गायत्री राज शर्मालाई विदाई गरिएको छ । कार्यालय परिसरमा एक कार्यक्रमकाबीच आइतबार प्रहरी निरीक्षक शर्मालाई विदाई गरिएको हो । काजमा आएका प्रहरी निरीक्षक शर्मा ११ महिना देखी ईलाका प्रहरी कार्यालय आँबुखैरेनीको प्रमुखको रुपमा कार्यरत रहेको थियो । प्रहरी निरीक्षक शर्मा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर रौतहटमा सरुवा भएको छ ।
यस्तै, प्रहरी प्रधान कार्यालय काठमाडौंबाट कार्यालय प्रमुखको रुपमा प्रहरी निरीक्षक शिव थापालाई स्वागत गरिएको छ । विदाई कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक शर्माले आफु सरुवा भई जाँदा सम्पूर्णले देखाएको आत्मियता स्मरणीय रहेको बताए । उनले कार्यालय प्रमुखको रुपमा कार्यरत रहँदा संगठनले दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न मार्गनिर्देशन,साथ सहयोग र हौसला प्रदान गर्नुहुने विभिन्न कार्यालयका कार्यालय प्रमुख, आँबुखैरेनी गाउँपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत जनप्रतिनिधि, उद्योग वाणिज्य संघ,विभिन्न व्यवसायी, सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी, राजनीतिकर्मी, बुद्धिजीवी ,पत्रकार, समाजसेवी, सहकर्मी लगायत सम्पूर्णमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका थिए।