Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनका गुरुङ समुदायको एक स्वर : महिलाको चरित्र हत्या गर्ने भिम उपाध्यायलाई कारबाही गर

चितवनका गुरुङ समुदायको एक स्वर : महिलाको चरित्र हत्या गर्ने भिम उपाध्यायलाई कारबाही गर

इच्छाकामना न्युज

१०, भाद्र २०८०
चितवनका गुरुङ समुदायको एक स्वर : महिलाको चरित्र हत्या गर्ने भिम उपाध्यायलाई कारबाही गर
images

भरतपुर । सामाजिक सञ्जालको दुरूपयोग गर्नुका साथै व्यक्तिको चरित्र हत्या गरेको भन्दै नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय र सन्तोष रिजाल नामका दुई व्यक्तिलाई कारवाही गर्न चितवनका गुरूङहरूले माग गरेका छन्।

images
images

भरतपुर महानगरपालिका वडा नं. १६ शरणपुर निवासी पूर्णिमाया गुरूङको तस्बिर सामाजिक सञ्जालमा राखी ‘गोरू खाने धराने’ भनेर व्यक्तिगत चरित्र हत्या गरेपछि निर्दोश महिलाको व्यक्तिगत चरित्र हत्या गरेको भन्दै दोषीलाई यथाशक्य चाँडो कारवाहीको दायरामा ल्याउन सरकारसँग माग गरिएको हो।

आइतबार तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवन र तमू प्ये ल्हु संघ चितवनको संयुक्त बैठकपछि विज्ञप्ति जारी गर्दै करिब साढे दुई वर्षअघि भोजमा गरेको रमाइलो भिडियोको ‘स्कृन सर्ट’ गरी फेसबुकमार्फत गलत प्रचार गरेको भन्दै दोषीलाई कारवाही गर्न माग गरिएको हो।

ह्युल छोँज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङ र तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष लालप्रसाद गुरूङद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमार्फत २०७८ फागुन ९ गते आफन्तको भोजमा जाँदा बनाएको भिडियोलाई अतिरञ्जित पारेर सामाजिक द्वेष फैलाउने प्रयास गरिएको बताइएको छ।

370928862_263850403133409_4647295862161143836_n.jpg

त्यतिबेला बनाएको टिकटक भिडियोलाई डाउनलोड गरी तस्बिर बनाएर ‘गोरू खाने धराने’ भनी फेसबुकमार्फत गलत प्रचार गरेर निर्दोष चेलीमाथि प्रहार गर्ने काम गरको भन्दै दोषीलाई कारवाहीको दायरामा नल्याएसम्म निर्दोषले न्याय नपाउने ह्युल छोँज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङले बताइन्। आफूमाथि सामाजिक सञ्जालमार्फत प्रहार भएपछि पीडितले चितवन प्रहरीमा दुवैजनाविरूद्ध उजुरी दर्ता गराइसकेकी छन्।

सन्तोष रिजाल नामको फेसबुक प्रयोगकर्ता सम्पर्कमा नरहे पनि भीम उपाध्यायले भने फोन गरेर फकाउने, हाम्रो बीचमा कुरा मिलिसक्यो भनेर भ्रम छर्नेजस्ता काम गरेर पीडितलाई झनै पीडा थप्ने काम गरेको पीडित पूर्णिमायाले बताएकी छन्। एक हप्तासम्म अनुरोध गर्दा पनि वास्ता नगरेपछि म प्रहरीमा गएकी पूर्णिमायाले प्रहरीमा उजुरी दर्ता गराएसँगै सञ्चारमाध्यममार्फत वास्तविकता सार्वजनिक गरेपछि बल्ल भीम उपाध्याय पूर्णिमायाको सम्पर्कमा आएका थिए।

त्यसयता भीम उपाध्यायले सामाजिक सञ्जालमार्फत आफूले भिडियो हटाइसकेको र दुई पक्षबीच सहमति भइसकेको बताउँदै तेस्रो पक्षलाई बीचमा नआउनसमेत आग्रह गर्दै आएका छन्। तर, पूर्णिमायाले भने कानुनी प्रकृयामा गइसकेको हुँदा कुनै पनि हालतमा पछि नहट्ने अडान अघि सार्दै आएकी छन्।

धरानमा गोरू खाएको विषयले चर्चा पाउँदै गर्दा साढे दुई वर्षअघि राँगाको खुट्टा खाएको भिडियोलाई तस्बिर बनाइ हाल धरानमा भइरहेको घटनासँग जोडिदिएपछि त्यसले केही दिनयता सामाजिक सञ्जाल तातेको छ।

सोही क्रममा चितवनका दुई संस्थाले छलफल गरेर नेपाल सरकारको पूर्वसचिवजस्तो व्यक्तिबाट गलत प्रचार गरी समग्र तमू समुदायको संस्कृतिमाथि प्रहार गरेको निष्कर्ष निकालेको छ। ‘समग्र तमू समुदायमाथि नै लाञ्छित गरी फेसबुकमार्फत घृणा र द्वेष फैलाउने काम भएको हुँदा त्यस्ता गतिविधिमा संलग्न जोकोहीलाई कारवाहीको दायरामा ल्याउनु पर्छ,’ तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष लालप्रसाद गुरूङले भने।

उक्त गतिविधिपछि चितवनकी चेलीले सामाजिक सञ्जालमा गाली, व्यइजतिका साथै मानसिक तनाव र धम्की सहनु परेको भन्दै त्यस विषयप्रति दुई संस्थाको गम्भीर ध्यानाकर्षण भएको उनले बताए।

यस्ता जातीय द्वेष, सामाजिक सद्भाव र साम्रदायिक एकतामा खलल पुर्‍याउने, जातीय संस्कार र संस्कृतिप्रति आँच पुर्‍याउने कार्यप्रति दुवै संस्थाले घोर भर्त्सना गरेको छ। प्रहरीमा उजुरी दर्ता गराएको करिब चार दिन बितिसक्दा पनि दोषी खुलेयाम हिँडिरहेको हुँदा जतिसक्दो चाँडो पीडितले न्याय पाउनु पर्ने भन्दै प्रहरी प्रशासन पनि यस विषयमा गम्भीर बनिदिन तमू ह्युल छोँज धीँ चितवनका सचिव किशोर गुरूङले आग्रह गरे।

‘त्यस्ता गलत कार्यमा संलग्न व्यक्तिहरू भीम उपाध्याय र सन्तोष रिजाललाई तुरून्त पक्राउ गरी कानुनबमोजिम हदैसम्मको कारवाहीको लागि जोडदार माग गर्दछौं,’ सचिव गुरूङले भने, ‘अन्यथा पीडितलाई न्याय दिलाउने क्रममा क्रमशः विरोधका कार्यक्रमहरू घोषणा गर्न हामी बाध्य हुने छौँ।’

images
प्रकाशित मिति :भाद्र १०, २०८० आइतवार - २३:१५:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology