तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ कमलगोठमा शनिबार गाई काट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही वडा निवासी अन्दाजी ३० बर्षका दीपक नेपाली,३५ बर्षका रमेश नेपाली र ६५ बर्षीय शिरबहादुर नेपाली रहेको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरी रमेश नेपालीको गोठमा रहेको गाईलाई बन्चारो प्रहार गरी हत्या गरेको खुल्न आएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए । गाई काटेको सूचना पाएपछि घटनास्थलमा प्रहरी पुग्दा मासुको भाग लगाउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको उनले बताए ।
घट्नास्थलमा पुगेको प्रहरीले घट्नाको मुचुल्का लगायतको कानुनी प्रक्रिया पुरा गरेर अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।