Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

काठमाडौंमा गुरुङ समुदायले लगाउने स्यामा घलेक बुन्ने तालिम सुरु

काठमाडौंमा गुरुङ समुदायले लगाउने स्यामा घलेक बुन्ने तालिम सुरु

इच्छाकामना न्युज

९, भाद्र २०८०
काठमाडौंमा गुरुङ समुदायले लगाउने स्यामा घलेक बुन्ने तालिम सुरु
images

काठमाडौं । तमुस्यो ह्युल छोंज धीं गुरुङ महिला रास्ट्रिय परिषदले स्यामा घलेक बुन्न तालिम सुरु गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. २६ को आर्थिक सहयोगमा सुरु भएको सो तालिम १५ दिनसम्म चल्नेछ ।

images
images

कार्यक्रमको उद्घाटन तमू हु्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष कर्णबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भयो । भिममाया तमुस्योले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमको सञ्चालन महासचिव दलमाया तमुस्योले गर्नुभएको थियो ।

कार्यक्रममा तमु ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष कर्णबहादुर उपाध्यक्षहरु धनमान गुरुङ, भगवती गुरुङ, इन्द्रबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

वक्ताहरुले घलेक पहिचान भए पनि हराइसकेको र यसलाई सीप सिकेर उद्योगका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम तमुस्यो ह्युल छोंज धींका केन्द्रीय उपाध्यक्ष सीता गुरुङको अध्यक्षतामा भएको थियो । घलेक बुनाई तालिम सबै जिल्लामा दिने लक्ष्य राखिएको छ । तमुस्यो ह्युलको ४७ जिल्लामा शाखा छ । तालिममा १५ प्रशिक्षार्थी छन् । भिममाया र इनमाया गुरुङले प्रशिक्षण दिनुहुनेछ ।

images
प्रकाशित मिति :भाद्र ९, २०८० शनिवार - १६:२८:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology