Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनीको सानो भञ्ज्याङ्गदेखि घुमाउनेसम्मको मोटरमार्ग १ महिना पछि सूचारु

आँबुखैरेनीको सानो भञ्ज्याङ्गदेखि घुमाउनेसम्मको मोटरमार्ग १ महिना पछि सूचारु

images

इच्छाकामना न्युज

७, भाद्र २०८०
आँबुखैरेनीको सानो भञ्ज्याङ्गदेखि घुमाउनेसम्मको मोटरमार्ग १ महिना पछि सूचारु
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ५ को वडाकार्यालय रहेको स्थान सानो भञ्ज्याङ्ग देखि घुमाउनेसम्म आउने ग्रामिण कृषि मोटरबाटो अवरुद्ध भएको १ महिना पछि सञ्चालनमा आएको छ । वर्षालागेसँगै महिनादिनदेखि अवरुद्ध उक्त कच्ची सडक बिहिबारदेखि संचालनमा आएको हो ।

वडा नं. ५ का वडाध्यक्ष सन्तोष गुरुङको सक्रियतामा ३ दिनसम्म लगातार पहिरो पन्छाउने काम गरेर सडक सुचारु गरिएको हो । वडाध्यक्ष गुरुङका अनुसार करिब ८ किलोमिटर लम्बाई रहेको उक्त सडक सूचारु भए पश्चात वडाका तल्लो भेगका नागरिहरुलाई वडाकार्यालयसम्म सेवा लिन जान सहज हुनेछ भने माथिल्लो भेगका नागरिकहरुलाई आवश्यक सामाग्रीहरु ढुवानीका लागि सहज हुनेछ ।

यस्तै उक्त मोटरमार्ग भएर छिम्केश्वरी जाने दर्शनार्थीहरुलाई पनि सहज हुनेछ । 

images
प्रकाशित मिति :भाद्र ७, २०८० बिहिवार - २३:४०:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology