कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाबाट भारतको सिलगुडीमा हुन गइरहेको तेक्वान्दो प्रतियोगितामा सहभागी हुन जान लागेका तेक्वान्दो खेलाडीहरुलाई विदाई गरिएको छ ।
गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल र प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुषालले आज गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि खेलाडीहरुलाई विदाई गरिएको हो ।
मेलिना गुरुङको नेतृत्वमा इच्छाकामनाका २२ जना खेलाडी प्रतियोगितामा सहभागी भारतको सिलगुडी जाने भएका हुन् ।