Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमू ह्युल छोंज धीं चितवनद्वारा आयोजित दुई हप्ते गुरूङ भाषा प्रशिक्षण सम्पन्न 

तमू ह्युल छोंज धीं चितवनद्वारा आयोजित दुई हप्ते गुरूङ भाषा प्रशिक्षण सम्पन्न 

इच्छाकामना न्युज

४, भाद्र २०८०
तमू ह्युल छोंज धीं चितवनद्वारा आयोजित दुई हप्ते गुरूङ भाषा प्रशिक्षण सम्पन्न 
images

भरतपुर । तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनले आयोजना गरेको १५ दिने तमू (गुरूङ) भाषा कक्षा आइतबार सकिएको छ । तमूस्यो ह्युल छोँज धीँ गुरूङ महिला राष्ट्रय परिषद्, चितवन र ह्युल छोँज धीँ र तमूस्यो ह्युल छोँज धीँको भरतपुर महानगर समितिसँगको सहआयोजनामा भएको भाषा प्रशिक्षण तमू ह्युल छोँज धीँको बागमती प्रदेश प्रमुख गणेशबहादुर गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो । पत्रकार तुलमान गुरूङ, सञ्चारकर्मी सीतादेवी गुरूङ र तमू ह्युल छोँज धीँ चितवनकी कार्यसमिति सदस्य उमिता गुरूङले प्रशिक्षण दिएको तालिममा ५० जना सहभागी थिए ।

images
images

WhatsApp Image 2023-08-20 at 7.21.19 PM.jpeg

पछिल्लो समय बसाइसराइका क्रममा आफ्नो किलोथलो छाडेसँगै भाषा पनि बिर्सँदै जाँदा हरेक जातिको भाषा संरक्षण चुनौतीको विषय बन्दै गइरहेको छ । यही क्रममा ह्युल छोँज धीँले चितवनका गुरूङ समुदायका लागि एउटा गौरवपूर्ण कार्यक्रम आयोजना गरेको गुरूङ अगुवाहरुले बताएका छन् । यसलाई निरन्तरता दिन पनि उनीहरुले आयोजकलाई सुझाएका छन् ।

ह्युल छोँध धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङले भाषा कक्षा सञ्चालनको लागि वार्षिक कार्यक्रम नै बनाएर काम गर्ने योजना रहेको सुनाइन् । १५ दिने भाषा कक्षा सञ्चालनले उत्साह सिर्जना गरेको भन्दै यसलाई सरकारी तहबाटै बजेट माग गरेर काम गर्नुपर्ने सोचमा ह्युल छोँज धीँ अगाडि बढेको उनले बताइन् ।

कार्यक्रममा ह्युल छोँज धीँ चितवनका निवर्तमान अध्यक्ष एवम् वागमती प्रदेशका प्रमुख गणेशबहादुर गुरूङ, चितवन जिल्लाका पूर्वअध्यक्षहरु चन्द्रमान गुरूङ, पदमबहादुर गुरूङ, बौद्ध धर्म सेवा समिति चितवनका अध्यक्ष विकाश गुरूङलगायतले मन्तव्य राखेका थिए ।

भाषा प्रशिक्षणमा मनकुमारी प्रथम

साउन २१ गतेदेखि १५ दिनसम्म सञ्चालन भएको भाषा कक्षामा भरतपुर–११ की मनकुमारी घले प्रथम भएकी छन् । शनिबार लिइएको परीक्षामा ५० जना प्रशिक्षार्थी सहभागी हुँदा भरतपुर–११ कै कविता गुरूङ द्वितीय, भरतपुर–१६ का टेकबहादुर गुरूङ तृतीय र भरतपुर–२२ की रनकुमारी गुरूङले सान्त्वना स्थान हासिल गरेका छन् ।

WhatsApp Image 2023-08-20 at 7.21.31 PM.jpeg

परीक्षामार्फत उत्कृष्ट स्थान हासिल गर्न सफल चार जनालाई समापन समारोहको अवसरमा आइतबार पुरस्कारस्वरुप मायाको चिनो प्रदान गरिएको छ । सोही अवसरमा प्रशिक्षार्थीहरुले पनि प्रशिक्षकहरुलाई सम्मानस्वरुप मायाको चिनो प्रदान गरेका थिए । आयोजकका तर्फबाट पनि प्रशिक्षार्थी तथा प्रशिक्षकहरुलाई कदरपत्र प्रदान गरेको थियो । १५ दिनसम्म सहभागीहरुलाई पत्रकार तुलमान गुरूङ, सञ्चारकर्मी सीतादेवी गुरूङ र उमिता गुरूङले प्रशिक्षण दिएका थिए । 

images
प्रकाशित मिति :भाद्र ४, २०८० सोमवार - ११:०६:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology