Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना गाउँपालिकाले कार्यविधि मार्फत शिक्षक कर्मचारी छनौट गर्न लागेको प्रति शिक्षक संघको विरोध, काँग्रेस, रास्वपा र राप्रपाको समर्थन

इच्छाकामना गाउँपालिकाले कार्यविधि मार्फत शिक्षक कर्मचारी छनौट गर्न लागेको प्रति शिक्षक संघको विरोध, काँग्रेस, रास्वपा र राप्रपाको समर्थन

images

इच्छाकामना न्युज

३१, श्रावण २०८०
इच्छाकामना गाउँपालिकाले कार्यविधि मार्फत शिक्षक कर्मचारी छनौट गर्न लागेको प्रति शिक्षक संघको विरोध, काँग्रेस, रास्वपा र राप्रपाको समर्थन
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले नयाँ कार्यविधि जारी गरि विद्यालयका प्रध्यानाध्यापक, शिक्षक कर्मचारी छनौट गर्न लागेपछि नेपाली काँग्रेस समर्थित नेपाल शिक्षक संघले विरोध गरेको छ । गाउँपालिकाले शिक्षा ऐनलाई तोडमोड गरी नयाँ कार्यविधि जारी गरेर विद्यालयका प्रध्यानाध्यापक, शिक्षक कर्मचारी छनौट गर्न लागेको भन्दै संघले विरोध गरेको हो । गाउँपालिकाले साउन २४ गते नयाँ कार्यविधि अनुसार विद्यालयका प्रध्यानाध्यापक, शिक्षक कर्मचारी छनौट गर्न विज्ञापन खुलाएको थियो ।

366087643_810411474098985_2910310550384582696_n.jpg

गाउँपालिकाको सो कार्यलाई विरोध गर्दै संघले केहिदिन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुषाललाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझाउदै संघले व्यवस्थापिका संसदबाट संशोधन भएर कार्यबिधि आउनुपर्नेमा पालिकाले नियमावली ऐन र बिधि मिचेर सरकारको स्वीकृत दरवन्दिमा करार शिक्षक तथा विद्यालय कर्मचारी छनौट कार्यविधि–२०८० जारी गरेकोले सो कार्यविधि तुरुन्त खारेज गरि विद्यालयका प्रध्यानाध्यापक, शिक्षक कर्मचारी छनौट गर्न पालिकाले गरेको विज्ञापन रद्द गर्न माग गरेको छ । 

366353343_821754076194488_1655070125554201825_n.jpg

यसैबिच गाउँपालिकाले जारी गरेको नयाँ कार्यविधि प्रति शिक्षक संघले गरेको विरोध प्रति इच्छाकामनामा रहेका विभिन्न राजनैतिक दलले समर्थन गरेको छ । नेपाली काँग्रेस इच्छाकामना, राष्ट्रिय स्वतन्त्र पार्टी इच्छाकामना र राष्ट्रिय प्रजातन्त्र पार्टी इच्छाकामनाले छुट्टाछुट्टै प्रेस विज्ञप्ती जारी गरी समर्थन जनाएको हो । 

367680878_1690584134790439_6126360271226534385_n.jpg

images
प्रकाशित मिति :श्रावण ३१, २०८० बुधवार - ०९:०९:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology