Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

अविरल वर्षापछि खसेको पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध

अविरल वर्षापछि खसेको पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध

images

रासस

२९, श्रावण २०८०
अविरल वर्षापछि खसेको पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध
images

गोरखा । केही दिनदेखि लगातार परेको अविरल वर्षापछि खसेको पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका–४ ढावेस्थित दीपा पहरो भन्ने स्थानमा आइतबार साँझपख पहिरो खसेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।

पहिरोले बेनिघाट आरुघाट सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको उहाँले बताउनुभयो । सडक माथिबाट ठूला–ठूला ढु¬ङ्गासहितको पहिरो खसेको स्थानीयले जानकारी दिएको उनले बताए । पहिराले दुईतर्फी सडक अवरुद्ध भएपछि सवारी साधान आउजाउ ठप्प भएका छन् । 

सडक अवरुद्ध भएपछि आरुघाट, घाटबेँसी, बेनिघाट हुँदै काठमाण्डौ ओहोर–दोहोर गर्ने सवारी साधन चल्न सकेका छैनन् भने बोलेरोलगायतका निजी तथा भाडाका सवारी साधन पनि पूर्णरुपमा रोकिएकोे उनले बताए । अवरुद्ध सडक हटाउन आवश्यक पहल भइरहेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

“ठूलाठूला ढुङ्ग पनि पहिरोसँगै खसेको छ, पहिरो हटाउनका आवश्यक पहल भइरहेको छ”, उनले भने, “लगातार वर्ष भइरहेकाले पहिरो हटाउनका लागि समस्या भइरहेको छ ।” उक्त पहिरोका कारण  फुजेल, बेनिघाट हुँदै काठमाडौँ चितवनलगायतका सहरमा छुट्ने सवारी साधान पनि अवरुद्ध भएको स्थानीयवासीले बताएका छन् ।

images
प्रकाशित मिति :श्रावण २९, २०८० सोमवार - १०:५२:०१ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology