Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोशी प्रदेश नामाकरणप्रति आदिवासी पत्रकारहरुको असहमित, १३ बुँदे घोषणापत्र सार्वजनिक

कोशी प्रदेश नामाकरणप्रति आदिवासी पत्रकारहरुको असहमित, १३ बुँदे घोषणापत्र सार्वजनिक

इच्छाकामना न्युज

२९, श्रावण २०८०
कोशी प्रदेश नामाकरणप्रति आदिवासी पत्रकारहरुको असहमित, १३ बुँदे घोषणापत्र सार्वजनिक
images

विराटनगर। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले प्रदेश नम्बर एकको नामाकरण पहिचान, ऐतिहासिक पृष्ठभूमि लगायतलाई नामेट गरी कोशी नामाकरण गरिएको प्रतिपूर्ण असहमति जनाएको छ । फोनिज संघीय समितिले फोनिजको २४ औं स्थापना दिवसको अवसरमा साउन २६ र २७ गते बसेको बैठकबाट १३ बुँदे विराटनगर घोषणापत्र समेत जारी गरिएको छ । घोषणापत्रको पहिलो बुँदामै प्रदेश १ को नामकरणको विषय उल्लेख छ । ‘प्रदेशको नाम कोशी खारेज गरी सभ्यता, संस्कृति, इतिहास र पहिचानका आधारमा अविलम्ब ‘लिम्बुवान किरात’ नामाकरण गर्न यो बैठक जोडदार माग गर्दछ,’ घोषणपत्रमा भनिएको छ, ‘न्याय, समानता र पहिचान प्राप्तिको लागि प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले जारी राखेको आन्दोलनप्रति सदैव ऐक्यबद्धता व्यक्त गर्दै फोनिज प्रचारात्मक कार्यमा सदैव अग्रसर हुने प्रतिवद्धता व्यक्त गर्दछ ।’

images
images

367363895_6091802130925714_5865207892239387344_n-1536x1152.jpg

यस्तो छ फोजिनको १३ बुँदे घोषणापत्र

१. प्रदेश नम्बर १ को नामकरण पहिचान, ऐतिहासिक पृष्ठभूमि लगायतलाई नामेट गरी ‘कोशी’ नामकरण गरिएको प्रति नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पूणर् असहमति राख्दै आएको छ । प्रदेशको नाम कोशी खारेज गरी सभ्यता, संस्कृति, इतिहास र पहिचानका आधारमा अविलम्ब ‘लिम्बुवान किरात’ नामाकरण गर्न यो बैठक जोडदार माग गर्दछ । न्याय, समानता र पहिचान प्राप्तिको लागि प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले जारी राखेको आन्दोलनप्रति सदैव ऐक्यबद्धता व्यक्त गर्दै फोनिज प्रचारात्मक कार्यमा सदैव अग्रसर हुने प्रतिवद्धता व्यक्त गर्दछ । साथै, प्रदेशको नाम कोशी खारेजीका लागि जारी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नु हुने सहिद पदम लिम्बू (लाजेहाङ) प्रति भावपूणर् श्रद्धाञ्जली व्यक्त गर्दै सहिद परिवारप्रति फोनिज गहिरो समवेदना व्यक्त गर्दछ । आन्दोलनका क्रममा पक्राउ परेकालाई अविलम्ब बिना शर्त रिहाइ, झुटा मुद्दा खारेजी र आन्दोलनका क्रममा घाइते हुनुभएका सम्पूणर्लाई निःशुल्क स्वास्थ्य उपचार राज्यले गनु पर्ने र घाइतेहरुको सीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

२. संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारहरुसँग यो बैठक आदिवासी जनजाति समुदायका भाषा, संस्कार, संस्कृति र पहिचानको संरक्षण, प्रवद्र्धन र विकासका लागि नीतिगत तहबाटै सम्बोधन गर्न/गराउन माग गर्दछ ।

३. संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुले पत्रकारजन्य संस्था, सञ्चार माध्यमहरुलाई उपलब्ध गराउँदै आएको अनुदान सहयोगमा वृद्धि गर्न र पालिका सरकारले स्थानीयस्तरमा सञ्चालित सञ्चार माध्यमहरुको संरक्षण, प्रवद्र्धन र वृत्ति विकासका लागि विशेष कार्यक्रम ल्याउन यो बैठक माग गर्दछ । पहिचानको आवाज मुखरित गर्ने सञ्चार माध्यमहरुलाई सोही कारण लोककल्याणकारी विज्ञापन र अन्य सेवा सुविधामा कडाइ गर्ने, कटौती गर्ने जस्ता कार्य तत्काल रोक्न र समावेशी र समानुपातिक किसिमले विज्ञापन उपलब्ध गराउन सम्बद्ध पक्षसँग माग गर्दछ ।

४. फोनिजलगायत आदिवासी जनजाति समुदायका मातृभाषामा प्रकाशित हुने र मातृभाषामा प्रसारण हुने सञ्चार माध्यमहरुलाई बचाउन विशेष प्रोत्साहनका कार्यक्रम ल्याउन, मातृभाषाका पत्रपत्रिका वर्गीकरणमा विशेष सुविधा उपलब्ध गराउन यो बैठक माग गर्दछ ।

359687589_672186908112008_2479693668681679190_n-1024x768.jpg

५. श्रमजीबि पत्रकारमाथि समाचार लेखेको लगायत विभिन्न बहानामा हुने गरेका हिंसा, आक्रमण, डर, धाक, धम्कीका घटना न्यूनीकरणका लागि यो बैठक तीनै तहका सरकार र सम्बद्ध पक्षहरुको ध्यानाकर्षण गराउँदछ । साथै, पहिचानको आन्दोलनका क्रममा समाचार सम्प्रेषणको लागि सहभागी हुने सञ्चारकर्मीलाई निषेध गर्ने, विभेद् गर्ने र नश्लकै आधारमा आन्दोलनकारी नै ठानेर धरपकड गर्ने, हातपात गर्ने, थुन्ने, मानसिक र शारीरिक यातना दिने जस्ता कार्य तत्काल रोक्न यो बैठक जोडदार माग गर्दछ ।

६. श्रमजीबि पत्रकारको पारिश्रमिकको सम्बन्धमा र सञ्चार संस्थाहरुले कर्मचारी कटौती गर्दाका समयमा हुने गरेका श्रम शोषण र अन्यायको अन्त्य गर्न र तोकिएको पारिश्रमिक र कानुनअनुसार उपलब्ध हुनुपर्ने क्षतिपूर्ति समेतको व्यवस्थाका लागि यो बैठक माग गर्दछ ।

७. सरकारी तथा निजी सञ्चार माध्यमहरुमा नियुक्ति गर्दा आदिवासी जनजाति, महिला, अल्पसंख्यक, सीमान्तकृत, थारु, मधेसी, दलित, मुस्लिम, पछाडि पारिएको क्षेत्रका पत्रकारको समेत सहभागिता समावेशी समानुपातिक सिद्धान्तका आधारमा गर्न/गराउन यो बैठक जोडदार माग गर्दछ ।

८. आदिवासी जनजाति पत्रकारको क्षमता अभिवृद्धिका लािग आवश्यक तालिम, लेखनवृत्ति कार्यक्रम सञ्चालन गर्न यो बैठक तीनै तहका सरकारहरुसँग माग गर्दछ ।
नेपाल पत्रकार महासंघका संस्थापक सभापति सत्यनारायण बहादुर श्रेष्ठ नै हुन् भन्ने तथ्यलाई आत्मसाथ गर्दै यो बैठक नेपाल पत्रकार महासंघको संस्थापक सभापति सत्यनारायण बहादुर श्रेष्ठलाई नै कायम गर्न/गराउन सम्बद्ध पक्षहरुसँग जोडदार माग गर्दछ ।

१०. सदस्यता सुद्धीकरण अभियानको नाउँमा नेपाल पत्रकार महासंघले फोनिज र गैरफोनिज कसैलाई पनि राजनीतिक आस्था, जातीय, लिङ्गीय, क्षेत्रीय आधारमा विभेद् र निषेध नगर्न/नगराउन साथै सदस्यताबारे पुनरावलोकनका लागि यो बैठक माग गर्दछ ।

११. मोरङ जिल्लाका ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्रहरु विराटनगरको विराट दरबार, धिमाल जातिको उत्पत्ति थलो लेटाङको राजारानी पोखरी, बेलाबारीको कसेनीस्थित आदिवासीहरुको आस्थाको केन्द्र धनपाल गढी दरबार, कानेपोखरी ७ को कानेपोखरी, सुन्दर हरैचास्थित खोर्सानेमा अवस्थित धिमालहरुको पवित्रस्थल बाघझोडा सिमसार क्षेत्र, पथरी शनिस्चरेस्थित याक्थुङ लिम्बूहरुको सिरिजङ्गा स्मृति धार्मिक वन, आदिवासी धिमाल, थारु, राजवंशी, गनगाई, ताजपुरिया, सन्थाललगायतको महाराजथान, ग्रामथान, किरात राई समुदायको साकेला थानहरुको संरक्षण, सम्बर्धनका लागि यो बैठक जोडदार माग गर्दछ । साथै, प्रदेश नम्बर १ का सम्पूणर् धार्मिक, सांस्कृति, वन सम्पदा, जैविक विविधता, पर्यटकीय सिमसार क्षेत्रहरुको संरक्षण, सम्बर्धन र प्रवद्र्धन गर्दै आन्तरिक र बाह्य पर्यटनको विकासका लागि तीनै तहका सरकारहरुसँग यो बैठक जोडदार माग गर्दछ ।

१२. तामाङ, मगर र मुस्लिम समुदायको विवाह संस्कारका सम्बन्धमा अधिवक्ता भगवती पाण्डेले समुदायलाई नै अपराधी करार गर्ने आसयले दिएको अभिव्यक्तिपछि सिर्जित विवाद र निजलाई कानुनी कारबाहीको माग गर्दै काठमाडौं प्रहरी परिसर टेकुमा गरिएको शान्तिपूणर् प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीहरुमाथि गरेको अमानवीय व्यवहार, नियन्त्रणमा लिएर गरिएको कुटपितका घटनाका सम्बन्धमा यो बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । शन्तिपूर्ण प्रदर्शनमा सहभागी प्रदर्शनकारीमाथि शक्तिको दुरुपयोग गरी निर्ममतापूर्वक कुटपिट गर्ने प्रहरी कर्मचारीहरुमाथि समेत कानुन अनुसार कारबाहीको माग यो बैठक गर्दछ । सिङ्गो समुदायलाई नै अपराधी करार गर्ने पाण्डेलाई कानुन अनुसार कारबाही गर्न यो बैठक माग गर्दछ । साथै, प्रदर्शनका क्रममा घाइँते हुनुभएकी फोनिज ललितपुर शाखाकी सदस्य गोलखबर डटकममा आबद्ध शान्ति घर्तीमगरलगायत अन्य घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । पहिचानका लागि ताम्सालिङ संयुक्त संघर्ष समितिले उद्घोष गरेको आन्दोलनप्रति फोनिज ऐक्यबद्धता व्यक्त गर्दछ ।

१३. फोनिजको छैठौं पूणर् बैठक सफल बनाउन प्रमुख अतिथिका रुपमा पाल्नु हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका नेता प्रेम येक्तेन, फोनिज संघीय समितिका सल्लाहकारहरु, नेपाल पत्रकार महासंघ, पत्रकारजन्य विभिन्न संगठनका नेताहरु, फोनिजका विभिन्न तहका पदाधिकारी र सदस्यहरु, बैठक व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्ने फोनिज प्रदेश नम्बर १ समिति, निःशुल्क स्वास्थ्य शिविर (सुगर, प्रेसर) को सुविधा उपलब्ध गराउने जनरल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. र समन्वय गर्ने फोनिज मोरङ शाखालगायत सहयोग गर्नुहुने सम्पूणर्मा यो बैठक धन्यवाद व्यक्त गर्दछ ।

images
प्रकाशित मिति :श्रावण २९, २०८० सोमवार - ०९:३९:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology