मुग्लिन । पटक–पटक पहिरो खसेर अवरुद्ध हुँदै आएको नारायणगढ–मुग्लिन सडक खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले र्यापिड एक्सन टिम (र्याट) खटाएको छ । पहिरोका कारण अलपत्र पर्ने यात्रुलाई सहजिकरण गर्न रास्वपाले उक्त टिम खटाएको हो । र्यापिड एक्सन टिममा ५० जना स्वयमसेवक रहेको रास्वपा सभापति रवि लामिछानेको स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए । ट्राफिक प्रहरीसँग समन्वय गर्दै यातायात व्यवस्थापनमा पनि टिमले सहयोग गरिरहेको उनले बताए । मंगलबार कालिखोला र टोपे खोलालगायत विभिन्न स्थानमा खसेको पहिरोले सडक अवरुद्ध भएको थियो । अहिले सडक पूर्ण रुपमा सञ्चालनमा छ भने सो क्षेत्रमा निरन्तर झरी परिरहेको छ ।