Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनी गाउँपालिकाले आँखा पाक्ने रोगको प्रकोपबाट प्रभावितहरुको निःशुल्क उपचार गर्ने

आँबुखैरेनी गाउँपालिकाले आँखा पाक्ने रोगको प्रकोपबाट प्रभावितहरुको निःशुल्क उपचार गर्ने

भोलीदेखि ३ दिन निःशुल्क शिविर चलाउदै

images

इच्छाकामना न्युज

२२, श्रावण २०८०
आँबुखैरेनी गाउँपालिकाले आँखा पाक्ने रोगको प्रकोपबाट प्रभावितहरुको निःशुल्क उपचार गर्ने
images

आँबुखैरेनी । आँखा पाक्ने रोगको प्रकोप बढेसँगै तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्रभावितहरुको निःशुल्क उपचार गर्ने भएको छ । जसका लागि गाउँपालिकाले भोली देखि तीन दिन गाउँपालिकाका ३ विद्यालयमा निःशुल्क आँखा उपचारको शिविर सञ्चालन गर्न लागेको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै सो सम्बन्धि जानकारी दिएको हो ।

भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा गाउँपालिकाले आँखा परीक्षण शिविर गर्न लागेको हो । आँखा पाक्ने प्रकोपले भयावह स्थिति आउने देखिएपछि विद्यालयमै पुगेर उपचार गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिए । आँखा रोग बिशेषज्ञ सहितको टोलीले आँखा पाक्ने समस्यामा परेका विद्यार्थीहरुको आँखा परीक्षण गर्ने व्यवस्था रहेको उनले बताए ।

साउन २३ गतेदेखि २५ गतेसम्म आँबुखैरेनी गाउँपालिका भित्रका तीन वटा विद्यालयमा आँखा परीक्षण शिबिर राखिएको हो । आँखा पाक्ने रोगको संङक्रमण बढ्दै जान थालेपछि उच्च सर्तकता अपनाउँदै गाउँपालिकाका तीन विद्यालयमा आँखा परीक्षण गरिने उनले बताए ।

उनका अनुसार आँबुखैरेनी–३ स्थित रामशाह माध्यमिक विद्यालयमा साउन २३ गते, आँबु–१ को मित्रता माध्यमिक विद्यालयमा २४ गते र आँबु ४ को छिम्केश्वरी माध्यमिक विद्यालयमा २५ गते व्यवस्था मिलाएको हो ।

अन्य टोल वा बस्तीमा प्रकोप बढेमा सोही अनुरुप व्यवस्था गरी आँखा परीक्षणको व्यवस्था गरिनेछ । उनले भने,‘आँबुखैरेनी अस्पतालको आँखा उपचार केन्द्रमा नियमित परीक्षणको समेत व्यवस्था गरेको छ ।’

images
प्रकाशित मिति :श्रावण २२, २०८० सोमवार - १७:१६:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology