Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनीको डम्पिङबाट अवैध लागु औषध सहित २ जना पक्राउ

आँबुखैरेनीको डम्पिङबाट अवैध लागु औषध सहित २ जना पक्राउ

images

इच्छाकामना न्युज

२१, श्रावण २०८०
आँबुखैरेनीको डम्पिङबाट अवैध लागु औषध सहित २ जना पक्राउ
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित डम्पिङ साइटबाट अवैध लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा आँबुखैरेनी ३ का ३३ वर्षका सुरेन्द्र चुमान र गोरखा १४ याङकोटका ३० वर्षीय जिवराज सेढांई रहेका छन्। 

उनीहरुलाई प्रहरी शुक्रबार दिउँसो अन्दाजी सवा ५ बजेतिर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट प्रहरीले डाइजाप १४ सिसि नुरफिन १३ सिसि र फेनारगन १४ सिसि गरी ४१ थान (एम्पुल) लागु औषध बरामद गरेको छ । 

दुवै जनलाई आज जिल्ला अदालत तनहुँबाट ८ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । 

images
प्रकाशित मिति :श्रावण २१, २०८० आइतवार - २२:०९:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology