कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा पनि चेम्बर अफ कमर्स गठन गरिएको छ । लम्साल जनरल स्टोर्सका सञ्चालक अश्विन कुमार लम्सालको अध्यक्षतामा २३ सदस्यीय तदर्थ समिति गठन गरिएको हो।
कुरिनटार स्थित प्रगति पाठशालामा सम्पन्न भेलाले वरिष्ठ उपाध्यक्षमा तेजकृष्ण प्रजापति, उपाध्यक्षहरुमा मोदराज सिलवाल र गोकर्ण श्रेष्ठ, महासचिवमा माधवप्रसाद पोखरेल, सचिवमा रण बहादुर थापा, कोषाध्यक्षमा कमला भुजेल र सह–कोषाध्यक्षमा शोभा खनाललाई चयन गरिएको छ ।
नेपाल चेम्बर अफ कमर्श गोरखाका अध्यक्ष तथा केन्द्रिय सदस्य भाई चन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।