Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रवि लामिछाने सांसद बनेको सय दिन : ब्लु बस सञ्चालनदेखि इच्छाकामनामा नमूना स्कुल निर्माण गर्ने

रवि लामिछाने सांसद बनेको सय दिन : ब्लु बस सञ्चालनदेखि इच्छाकामनामा नमूना स्कुल निर्माण गर्ने

इच्छाकामना न्युज

१७, श्रावण २०८०
रवि लामिछाने सांसद बनेको सय दिन  : ब्लु बस सञ्चालनदेखि इच्छाकामनामा नमूना स्कुल निर्माण गर्ने
images

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसदको रूपमा निर्वाचित भएको एक सय दिनमा आफूले गरेका काम र नयाँ योजना सार्वजनिक गरेका छन् । आफू निर्वाचित क्षेत्रलाई सुन्दर र सुव्यवस्थित क्षेत्र बनाउने परिकल्पनासहितका योजना घोषणा गरेका हुन् । उनले घोषणा गरेका योजनाभित्र नमुना विद्यालय, स्वस्थ चितवन, ब्लु बस सञ्चालन, निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम, सय दिनमा सय जनालाई रोजगारीलगायतका विषय प्राथमिकतामा परेका छन् ।

images
images

पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेका नेता लामिछानेका अनुसार भरतपुर–नारायणगढ क्षेत्रमा अबदेखि एउटा ब्लु बस सञ्चालन हुनेछ । अहिले सुरुवाती चरण भएको हुँदा एउटा बसबाट अभियान सुरु गरिने उनको भनाइ छ । उक्त बसमा सकेसम्म चालकसमेत महिला नै राख्ने गरी महिलाहरूका लागि सञ्चालन गर्न खोजिएको उनले बताए ।

चितवनका सामुदायिक विद्यालयलाई नमुना विद्यालय बनाउनको लागि शक्तिखोरको चतुर्मुखी माध्यमिक विद्यालय र भरतपुरको रामनगर माध्यमिक विद्यालयमा काम सुरु भइसकेको उनले बताए । यस्तै इच्छाकामनाको वडा नं.१ मा पर्ने भाराङस्थित राष्ट्रिय आधारभूत विद्यालयलाई पनि नमुना विद्यालयको रूपमा विकास गरी हाल कक्षा ७ सम्म पढाइ हुँदै आए पनि कालन्तरमा आसपासका बालबालिकाको लागि कम्तिमा माध्यमिक तहसम्मको पढाइ सञ्चालन गर्ने गरी तयारी गरिरहेको उनले बताए ।

निःशुल्क स्वास्थ्य बीमा कर्यक्रमको लागि पाँच सय जनाको लक्ष्य रहेकोमा एक सय जनाको बीमा भइसकेको उनले बताए । आमनागरिकका लागि चुनावका बेला मतदातासँग गरेका बाचा पूरा गर्ने लक्ष्यसहित काम गर्ने प्रयास गरिएको उनले बताए । आफू संघीय सांसद भएको हिसाबले कतिपय काम आफ्नो मातहतमा नरहेको हुँदा सम्बन्धित क्षेत्र या तहसँग समन्वय गरेर पूरा गर्ने उनले बताए ।

आफूले चुनाव जित्दा ल्याएको ५४ हजार १७६ मतको आधारमा सोही मतबराबरको बिरुवा रोप्नेसमेत उद्घोष गरेका छन् । ‘कम्तिमा एक जना मतदाताको नाममा एउटा बिरुवा रोप्न त सकिन्छ नि,’ उनले भने । त्यसबाहेक हरेक चारचार महिनामा सार्वजनिक सुनुवाइ गरेर जनताका समस्या र गुनासा सहितको सुझाव सुन्ने र आफूले गरेका काम पनि जनतासामु प्रस्तुत गर्ने उनले बताए । सोहीअनुसार आउँदो भदौ १० गते सार्वजनिक सुनुवाइ गर्ने तयारी भइरहेको उनले बताए ।

images
प्रकाशित मिति :श्रावण १७, २०८० बुधवार - २२:३७:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology