Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

टोल विकास संस्थाका पदाधिकारीहरुलाई फोहोरमैला व्यवस्थापन सम्बन्धि सचेतना दिदै इच्छाकामना

टोल विकास संस्थाका पदाधिकारीहरुलाई फोहोरमैला व्यवस्थापन सम्बन्धि सचेतना दिदै इच्छाकामना

images

इच्छाकामना न्युज

१५, श्रावण २०८०
टोल विकास संस्थाका पदाधिकारीहरुलाई फोहोरमैला व्यवस्थापन सम्बन्धि सचेतना दिदै इच्छाकामना
images

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले टोल विकास संस्थाका पदाधिकारीहरुलाई फोहोरमैला व्यवस्थापन सम्बन्धि सचेतना दिन थालिएको छ । गाउँपालिकाले विशेष गरेर राजमार्ग आसपास पर्ने टोल विकास संस्थाका पदाधिकारीहरुलाई फोहोरमैला व्यवस्थापन सम्बन्धि सचेतना दिन थालिएको हो ।

क्रियसन नेपाल र इको फेमिली प्रालिसँगको सहकार्यमा गाउँपालिकाले टोल विकास संस्थाका पदाधिकारीहरुलाई फोहोरमैला व्यवस्थापन सम्बन्धि सचेतना दिन थालिएको हो । कार्यक्रमको पहिलो दिन आईतबार वडा नं. ३ र ४ मा रहेका टोल विकास संस्थाका पदाधिकारीहरुलाई कुरिनटारमा एक कार्यक्रमको आयोजना गरि तालिम दिएको हो ।

यस्तै पालिकाले आज सोमबार मुग्लिन स्थित वडा नं. ५ को सभाहलमा वडा नं. ५ र ६ मा रहेका टोल विकास संस्थाका पदाधिकारीहरुलाई तालिम दिईएको हो ।

IMG_9986.jpg

कार्यक्रमको अध्यक्षता वडा नं. ५ का वडाध्यक्ष तेज बहादुर शेरचनले गरेका थिए भने कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवाल प्रमुख अतिथि र प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुषाल विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा क्रियसन नेपाल र इको फेमिलीका प्रतिनिधिहरुले सहभागीहरुलाई सहजीकरण गरेका थिए । 

तालिममा सहभागीहरुलाई सहजकर्ताहरुले घरबाट निस्कने फोहोरमैलाको वर्गीकरण गरी व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा जानकारी दिएका थिए । गाउँपालिकाले पछिल्लो समय थेग्रीगेसन प्रविधिबाट फोहोरमैला व्यवस्थापन गरि फोहोरलाई मोहोर बनाउने गरी काम गरिरहेको छ । सोही अनुरुप टोल विकास संस्थाका पदाधिकारीहरुलाई फोहोर मैला व्यवस्थापन सम्बन्धि तालिम दिईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुषालले जानकारी दिए। 

यस्तै कार्यक्रमको अन्त्यमा गाउँपालिकाको स्वास्थ्य शाखाले सहभागीहरुलाई डेंगु रोग संक्रमण सम्बन्धि अभिमुखिकरण तालिम समेत दिईएको गाउँपालिकाका स्थास्थ्य शाखा प्रमुख हरि देवकोटाले जानकारी दिए । 

images
प्रकाशित मिति :श्रावण १५, २०८० सोमवार - २२:१३:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology