सिमलढाप । चितवनको इच्छाकामना गाउँपालिका ७ स्याङ्दिमा रहेको स्याङ्दी आधारभुत स्वास्थ केन्द्रमा विधुत सर्ट भै फ्रीज पड्किदा क्षती पुगेको छ । आज साझ करिब ५ बजे तिर हाइभोल्टेजको कारण विधुत सर्ट भै औषधि राख्न प्रयोग गरिएको बिधुतिय उपकरण फ्रीज पड्किदा स्वास्थ केन्द्रमा क्षती पुगेको हो । फ्रीज पड्किदा फ्रीज र फ्रीजमा राखिएको सम्पुर्ण औषधिहरु जलेर नष्ट भएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिए । उनका अनुसार स्वास्थ केन्द्रको एउटा कोठाको झ्यालको सिसा समेत फुटेको छ ।