Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

वडाध्यक्ष नर बहादुर नेपालको पहलमा चुम्लिङटारका मीना कुमारी राईले पाईन ७१ वर्षमा नागरिकता

वडाध्यक्ष नर बहादुर नेपालको पहलमा चुम्लिङटारका मीना कुमारी राईले पाईन ७१ वर्षमा नागरिकता

images

इच्छाकामना न्युज

१०, श्रावण २०८०
वडाध्यक्ष नर बहादुर नेपालको पहलमा चुम्लिङटारका मीना कुमारी राईले पाईन ७१ वर्षमा नागरिकता
images

चुम्लिङटार । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ३ निवासी मीना कुमारी राईले ७१ वर्षमा नागरिकता पाएकी छिन् । उक्त वडाका वडाध्यक्ष नर बहादुर नेपाल पहल गरेपछि राईले नागरिकता पाएकी हुन् ।

आफ्नो माईतीको पहिचान खुलाउन नसकेपछि लामो समयसम्म राईले नागरिकता पाउन नसकेको अवस्थामा वडाध्यक्ष नेपालले सक्रियता देखाई स्थानीयको सर्जिमनमा सिफारिस गरिदिएपछि उनले नागरिता पाएकी हुन् । 

‘माईती खुलाउन नसकेर लामो समयदेखि नागरिकता बनाउन नसकेपछि मैले माईती पहिचान नभएको भनी मुचुल्का र सिफारिस गरिदिएको र सोही आधारमा जिल्ला प्रशासनले नागरिकता बनाईदिएको हो’ –वडाध्यक्ष नेपालले भने ‘कसैलाई नागरिक विहिन हुने अवस्था सृजना गर्नुहुन्न यसैले मैले सकेको पहल गरेर नागरिकता बन्ने वातावरण मिलाईएको दिएको हुँ ।’

वयोवृद्व अवस्थामा नागरिकता बनेसँगै मीनाकुमारी राई भने खुशी छिन् । ‘अब मैले पनि भत्ता पाउछु’ –खुशी हुदै उनले भनिन् । राईलाई अब ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ताको लागि समेत पहल गरिने वडाध्यक्ष नेपालले बताए । 

images
प्रकाशित मिति :श्रावण १०, २०८० बुधवार - २१:२६:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology