Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानद्वारा आफ्नो जन्मदिनमा स्वर्गीय दाईको नाममा अक्षयकोष स्थापना

आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानद्वारा आफ्नो जन्मदिनमा स्वर्गीय दाईको नाममा अक्षयकोष स्थापना

images

इच्छाकामना न्युज

१०, श्रावण २०८०
आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानद्वारा आफ्नो जन्मदिनमा स्वर्गीय दाईको नाममा अक्षयकोष स्थापना
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले आज परेको आफ्नो जन्मदिनमा स्वर्गीय दाईको स्मृतिमा अक्षयकोष स्थापना गरेको छ । अध्यक्ष चुमानले स्वर्गीय दाजु आकाश चुमानको नाममा आँबुखैरेनी क्याम्पसमा अक्षयकोष स्थापना गरेको हो ।

उनले क्याम्पसका अध्ययनरत विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने गरी अक्षयकोष स्थापना गर्न क्याम्पस प्रमुख बाबुराम देवकोटालाई १ लाख १ हजार १ सय १ रुपैयाँ रकमको चेक प्रदान गरे । चेक प्रदान गर्दै जन्मदिनमा फजुल खर्च गर्नुभन्दा क्याम्पसमा अध्ययनरत विपन्न विद्यार्थीहरुको अध्ययनमा सहयोग पुगोस् भन्ने हेतुले आफ्नो स्वर्गीय दाजुको नाममा अक्षयकोष स्थापना गरिदिएको अध्यक्ष चुमानले बताए ।

अध्यक्ष चुमानको दाजु आकाश चुमानको नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको सशस्त्र युद्धमा सदाहत भएको थियो । 

images
प्रकाशित मिति :श्रावण १०, २०८० बुधवार - १९:५५:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology