Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनीको साखरमा दुई माईक्रो बस ठोक्कियो, १२ जना घाईते, १ जना गम्भिर

आँबुखैरेनीको साखरमा दुई माईक्रो बस ठोक्कियो, १२ जना घाईते, १ जना गम्भिर

images

इच्छाकामना न्युज

८, श्रावण २०८०
आँबुखैरेनीको साखरमा दुई माईक्रो बस ठोक्कियो, १२ जना घाईते, १ जना गम्भिर
images

आँबुखैरेनी । मुग्लिन–आँबुखैरेनी सडकखण्डमा दुई वटा माईक्रो बस एकापसमा ठोक्किएर दुर्घटना भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित साखरमा मुग्लिङबाट आँबुखैरेनी तर्फ आउदै गरेको बा २ ख ४०२० नं. को माईक्रोबस र विपरीत दिशाबाट मुग्लिङ तर्फ जादै गरेको बा ४ ख ५१७९ नं. को माईक्रोबस अहिले साँझ करिब ७ः२० बजेतिर एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि १२ जना बा २ ख ४०२० नं. को माईक्रोमा सवार १२ जना यात्रुहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । प्रहरीका अनुसार घाईते मध्य १ जनाको अवस्था गम्भिर छ । 

घाईतेहरु मध्य ४ जनाको उपचार आँबुखैरेनी अस्पतालमा भैरहेको छ भने बाँकी ८ जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँणले बताए । घटनाको विषयमा थप अनुसन्धान भैरहेको पनि उनले बताए ।

घाईते हुनेहरुको विवरण
आबुखैरेनी अस्पतालमा उपचार भईरहेका घाईतेहरु ः–
१) जिल्ला धादिङ निलकण्ठ नगरपालिका  वडा नं. १ बस्ने बर्ष २४ को राजु गिरी (अवस्था मध्यम)
२)जिल्ला गोर्खा पालुङटार नगरपालिका वडा नं. ६ बस्ने बर्ष ३६ को राम प्रसाद गुरुङ (अवस्था मध्यम)
३) जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं. ११ बस्ने बर्ष ४० को डिल्लिराम भुजेल (अवस्था सामान्य)
४) जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१४ बस्ने बर्ष ३८ की लेकासी गुरुङ (अवस्था मध्यम) 

पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेका घाईतेहरु ः–
१) जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं. ४ बस्ने बर्ष अं. २५ को गणेश राई (अबस्था गम्भिर) ।
२) जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२१ बस्ने बर्ष ४१ को बिजय पौडेल (अवस्था मध्यम)
३) जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२१ बस्ने बर्ष ४५ को प्रेम ठकुरी (अवस्था मध्यम) ।
४) जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१४ बस्ने बर्ष ४४ को मनोज तामाङ (अवस्था मध्यम)
५) जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१४ बस्ने बर्ष ३६ की सबिता श्रेष्ठ तामाङ (अवस्था मध्यम) 
६) जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२१ बस्ने बर्ष १९ को रोशन ठकुरी (अबस्था मध्यम) ।
७) जिल्ला रौतहट बृन्दाबन नगरपालिका वडा नं. ७ बस्ने बर्ष अं. २६ को प्रमोद चौधरी (अवस्था मध्यम) ।
८) जिल्ला दोलखा दार्जे गाउँपालिका वडा नं. २१ बस्ने बर्ष अं.१८ को आइजन गुरुङ (अवस्था मध्यम) ।

images
प्रकाशित मिति :श्रावण ८, २०८० सोमवार - २१:५१:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology