उत्तर कोरिया । दक्षिण कोरियाबाट अवैध तरिकाले उत्तर कोरिया प्रवेश गरेका एक जना अमेरिकी सैनिक उत्तर कोरियामा पक्राउ परेका छन् ।
दुई देशबिचको अत्यन्तै कडा सुरक्षात्मक सीमा पार गर्ने अमेरिकी सैनिक ट्राभिस किङलाई उत्तर कोरियाको सुरक्षाकर्मीले हिरासतमा लिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
ति सैनिकमाथि कस्तो कारबाही हुन्छ भन्नेबारे उत्तर कोरियाले केही प्रतक्रिया जनाएको छैन । अमेरिकी सेनाका अनुसार ति सैनिक जानाजानी र बिना अनुमति उत्तर कोरिया प्रवेश गरेका हुन् ।