Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

घोडा प्रजनन केन्द्र सार्नका लागि जग्गा प्राप्तिमा समस्या हुदा भरतपुर विमानस्थल विस्तारमा ढिलाई

घोडा प्रजनन केन्द्र सार्नका लागि जग्गा प्राप्तिमा समस्या हुदा भरतपुर विमानस्थल विस्तारमा ढिलाई

images

इच्छाकामना न्युज

३, श्रावण २०८०
घोडा प्रजनन केन्द्र सार्नका लागि जग्गा प्राप्तिमा समस्या हुदा भरतपुर विमानस्थल विस्तारमा ढिलाई
images

चितवन । चितवनको भरतपुर विमानस्थल विस्तारको योजनामा एकपछि अर्को अड्चनका कारण ढिलाइ भएको छ। १३ सय मिटर लम्बाइ भएको भरतपुर विमानस्थल विस्तार गरेर १६ सय ५० मिटरको रनवे बनाउने योजनासहित नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरणको लागि जग्गा प्राप्तिमा ढिलासुस्ती भइरहँदा विमानस्थल विस्तारको योजना अलपत्र परेको छ।

विमानस्थल विस्तारको विषय उठान भएको पनि १० वर्षभन्दा बढी भइसकेको छ। पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको पालामा यो विमानस्थल विस्तारको विषयमा अध्ययन गर्न समितिसमेत बनेको थियो। समितिले विमानस्थल विस्तार अपरिहार्य रहेको ठहरसहितको प्रतिवेदन बुझाएको थियो।

विमानस्थल विस्तारका लागि सबैभन्दा पहिले विमानस्थलको रनवे नजिकै रहेको नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरण हुनुपर्ने सुझाव दिएको थियो। साथै अध्ययन कार्यदलले विमानस्थल आसपासमा रहेका अवरोधहरूसमेत हटाउन सुझाव दिएको थियो।

सोहीअनुसार नेपाल ट्रष्टको नाममा रहेको दियालो बंगलाको केही भाग जग्गा सेनालाई दिने विषय उठेको थियो। नेपाली सेनाले पनि नेपाल ट्रष्टको जग्गामा घोडा प्रजनन केन्द्र सार्न तयार भएको थियो। सोहीअनुसार घोटा प्रजनन केन्द्र नेपाल ट्रष्टको जग्गामा सार्ने विषयमा सहमति भएको थियो।

नेपाल ट्रष्टले जग्गा दिने विषयमा प्रारम्भिक सहमति समेत दिएको थियो। तर नेपाल ट्रष्ट ऐनमा ट्रष्टको जग्गा सरकारी वा निजी कुनै पनि कम्पनीलाई बिक्री गर्न नपाइने व्यवस्था छ। जग्गा लिजमा दिन पाइने भएपनि सेनाले जग्गा भाडामा घोडा प्रजनन केन्द्र सञ्चालन नगर्ने आशय दिएको थियो। नेपाल ट्रष्टको जग्गा प्राप्तिमा असहजता भएका कारण विमानस्थल विस्तारको योजना रोकिएको प्राधिकरणका इञ्जिनियर नलविक्रम थापाले बताए।

images
प्रकाशित मिति :श्रावण ३, २०८० बुधवार - ०९:१०:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology