Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

तनहुँको आँबुखैरेनीमा पनि मनाईयो गुरुङ समुदायको पितृ थलो स्थापना दिवस

तनहुँको आँबुखैरेनीमा पनि मनाईयो गुरुङ समुदायको पितृ थलो स्थापना दिवस

images

इच्छाकामना न्युज

१, श्रावण २०८०
तनहुँको आँबुखैरेनीमा पनि मनाईयो गुरुङ समुदायको पितृ थलो स्थापना दिवस
images

आँबुखैरेनी । गुरुङ समुदायको पहिलो बसोबास भएको दिनको रुपमा उक्त समुदायले मनाउने पितृ थलो स्थापना दिवस अर्थात तमू क्होला सों प्रे ट्हो चुवै दिना तनहुँको आँबुखैरेनीमा पनि मनाईएको छ । आँबुखैरेनी गाउँपालिकाको वडा नं. १ स्थित बरादीमा आज एक कार्यक्रमको अयोजना गरि स्थानीय गुरुङ समुदायले दिवस मनाएको हो । 

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् आँबुखैरेनीको आयोजना र तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् आँबुखैरेनी, तमू प्ये ल्हु संघ आँबुखैरेनी र तमू प्ये ल्हु संघ बरादी इकाईको सह–आयोजनामा एक कार्यक्रमको आयोजना गरि एकापसमा शुभकामना आदानप्रदान गरेर दिवस मनाएको हो ।

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् आँबुखैरेनीका अध्यक्ष पूर्ण गुरुङको सभापत्विमा सम्पन्न कार्यक्रममा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य रग बहादुर गुरुङ प्रमुख अतिथि रहेका थिए ।

360143006_1741256783008762_6164763548034832745_n.jpg

यस्तै कार्यक्रममा तमु प्ये ल्हु संघका केन्द्रिय सदस्य तथा युवा समितिका केन्द्रिय अध्यक्ष खेगी घ्याप्री शुक्रराज गुरुङ, तमु ह्युल छोंज धी तनहुँका जिल्ला अध्यक्ष देब बहादुर गुरुङ, स्थानीय खेगी घ्याप्री गुरुहरु लगायत स्थानीय गुरुङ समुदायको बाक्लो उपस्थिति रहेको थियो । 

कार्यक्रममा अतिथिहरुलाई संस्थाका उपाध्यक्ष शर्मिला घलेले स्वागत मन्तव्य मार्फत स्वागत गरिएको थियो भने कार्यक्रमको संचालन सचिव राजेन्द्र गुरुङले गरेका थिए ।

विशेष गरेर गुरुङ समुदायले साउने सक्रान्तीको दिन साउन १ गते यो दिवस मनाउने गरेको छ ।

images
प्रकाशित मिति :श्रावण १, २०८० सोमवार - २२:१०:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology