Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानमा वडाध्यक्ष रुद्रप्रसाद उप्रेती

अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानमा वडाध्यक्ष रुद्रप्रसाद उप्रेती

images

इच्छाकामना न्युज

३०, आषाढ २०८०
अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानमा वडाध्यक्ष रुद्रप्रसाद उप्रेती
images

कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयले वडाभित्र रहेका सार्वजनिक जग्गाको संरक्षण अभियान सुरु गरेका  छन् । अभियान अन्तरगत वडा नम्बर ४ कुरिनटार स्थित  बडहरे चौताराको आठ कठ्ठा जग्गाको संरक्षण गरिएको  वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले जानकारी दिए। 

सार्वजनिक स्थानमा स्थानियले भौतिक संरचना निर्माण सुरु गरेपछि उक्त भौतिक संरचना हटाई संरक्षण गरिएको उनले  बताए । वडाध्यक्ष उप्रेतीको  सक्रियतामा गाउँपालिका अध्यक्ष दानब हादुर गुरुङ स्थानिय, टोल विकास संस्थाका पदाधिकारी लगायतको उपस्थितिमा उक्त जग्गा  संरक्षण गरिएको हो । 

साथै वडाध्यक्ष उप्रेतीको सक्रियतामा विगत दश बर्षदेखि  सम्झौता अनुसार भाडा नतिरेका केबलकार चेरेस स्थित आधारभुत विद्यालय बकुल्लहरीको जग्गाको भाडा बुझाउन थालेका छन् । प्रदेश सांसद कृष्णप्रसाद सिलवाल, गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, टोल विकास संस्थाका प्रतिनिधि विद्यालय व्यवस्थापन समितिसंगको छलफल पश्चात उनिहरुले भाडा तिर्न सहमती जनाएका छन् ।  उक्त विद्यालयको  जग्गामा २४ घरधुरी रहेका  छन् । उनिहरुले विगत १० बर्षदेखि भाडा तिर्न आनाकानी गर्दै आएका थिए ।  छलफल पश्चात उनिहरु भाडा तिर्न सहमत भएका  छन् भने केहीले  जग्गाको भाडा  समेत  बुझाउन सुरु गरेका  छन् । 

वडाध्यक्ष  रुद्र उप्रेतीले  अतिक्रमण भएका जग्गाहरुको तथ्याङ्क संकलन गरिने र बनेका संरचानाहरु हटाउन सुचना जारी गर्ने बताए । सुचना जारी पश्चात संरचना नहटाए वडा कार्यालयले आफै हटाउने बताए। 

images
प्रकाशित मिति :आषाढ ३०, २०८० शनिवार - ०८:५६:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology