Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनाको उपाध्यक्ष माया सिलवालको जन्मदिनमा वृक्षारोपण र पत्रकारलाई डायरी सहित सम्मान

इच्छाकामनाको उपाध्यक्ष माया सिलवालको जन्मदिनमा वृक्षारोपण र पत्रकारलाई डायरी सहित सम्मान

images

इच्छाकामना न्युज

२९, आषाढ २०८०
इच्छाकामनाको उपाध्यक्ष माया सिलवालको जन्मदिनमा वृक्षारोपण र पत्रकारलाई डायरी सहित सम्मान
images

मायाटार । चितवनको इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवालले वृक्षारोपण गरेर तथा पत्रकारलाई डायरी सहित सम्मान गरेर आफ्नो जन्मदिन मनाएकी छिन् । उनले असार २८ गते बिहिबार परेको आफ्नो जन्मदिनको अवसरमा इच्छाकामना २ मायाटारमा रहेको बालगौरी पाथीभरा मन्दिरमा वृक्षारोपण गरेर तथा केहि पत्रकारलाई डायरी सहित खादा लगाइ सम्मानका साथ जन्मदिन मनाएकी हुन् ।

361114969_7135059059854015_2315424633010344884_n.jpg

उनले मन्दिरभित्र रूद्राक्षको बिरूवा रोप्नुका साथै मन्दिरको गेटमा घण्टी राखिदिएकी छन् । त्यसबाहेक मन्दिरको कम्पाउण्ड बाहिर रूख कटहर, एभोकाडो लगायतका बिरूवा रोपेकी छन्  भने मायाटार आधारभुत स्वास्थ्य केन्द्रमा पनि फुलको बेर्ना रोपेकी छिन् ।

IMG_9723.jpg

प्रचारप्रसार अभावका कारण ओझेलमा रहेको मन्दिरलाई प्रचारप्रसारमा ल्याउनको लागि टेवा पुग्ने विश्वासका साथ आफूले जन्मदिनको अवसर पारेर सामान्य कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।

360428693_831287235226323_4200657704187653544_n.jpg

यसैगरी उनले जन्मदिनकै अवसरमा मायाटारमा  गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमको समाचार संकलनका लागि आएका पत्रकारहरुलाई खादा लगाई सम्मानका साथ डायरी समेत प्रदान गरेकी थिइन् । 

361102727_647897850619908_1421675933296579021_n.jpg

361068623_1039470500764662_2501768939339780899_n.jpg

images
प्रकाशित मिति :आषाढ २९, २०८० शुक्रवार - १२:०८:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology