Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना गाउँपालिकाद्वारा मायाटारमा स्वास्थ्य केन्द्रको स्थापना, स्थानीय नागरिक खुशी

इच्छाकामना गाउँपालिकाद्वारा मायाटारमा स्वास्थ्य केन्द्रको स्थापना, स्थानीय नागरिक खुशी

images

इच्छाकामना न्युज

२९, आषाढ २०८०
इच्छाकामना गाउँपालिकाद्वारा मायाटारमा स्वास्थ्य केन्द्रको स्थापना, स्थानीय नागरिक खुशी
images

मायाटार ।  चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिकाको पहाडी भेग वडा नं. २ को मायाटारमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र संचालनमा ल्याएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले स्वास्थ्य केन्द्रको नवनिर्मित भवन समुद्घाटन गर्दै सेवा सुभारम्भ गरेको हो । स्वास्थ्य केन्द्रको शुभारम्भमा एक वृद्धाको स्वास्थ्य जाँच गरिएको थियो । 

IMG_9770.jpg

स्वास्थ्य इकाई केन्द्रको समुद्घाटन कार्यक्रमलाई सम्बोन्धन गर्दै गाउँपालिका अध्यक्ष गुरुङले पालिकाका सबै नागरिकलाई  आधारभुत स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने अभियान अन्तरगत मायाटारमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्रको स्थापना गरिएको बताए । ‘यस  सामुदायिक स्वास्थ्य इकाई केन्द्रबाट साविकको  चण्डीभञ्ज्याङका ४ वटा वडा र साविकको  काउलेको ५ वटा  वडामा नागरिकहरु लाभान्वित हुनेछ’ –उनले  भने । यहाँबाट जुनसुकै किसिमका  न्युनतम आधारभुत  स्वास्थ्य सेवा प्रदान हुने अध्यक्ष गुरुङको  भनाई छ । 

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख, जनस्वास्थ्य अधिकृत हरि देवकोटाका अनुसार मायाटारमा  सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आएसगैँ इच्छाकामनामा स्वास्थ्य संस्थाको संख्या १२ पुगेको छ ।  ५ वटा स्वास्थ्य चौकी सहित, आधारभुत स्वास्थ्य इकाई र  सामुदायिक  स्वास्थ्य इकाई गरि १२ वटा स्वास्थ्य संस्था रहेका  छन् ।   

IMG_9764.jpg

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्रमुख आतिथ्यता तथा वडाध्यक्ष पञ्च बहादुर चेपाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुषाल, वडा नम्बर ३ का वडाध्यक्ष  तथा प्रवक्ता नर बहादुर नेपाल, वडा नम्बर ५ का वडाअध्यक्ष तेज बहादुर शेरचन, वडा नम्बर ७ का वडाध्यक्ष बम बहादुर थापा मगर, वडा सदस्यहरु लगायतको आतिथ्यता रहेको थियो ।  कार्यक्रममा  गाउँपालिकाका स्वास्थ्यका कर्मचारीहरु र स्थानियहरुको उपस्थिति रहेको थियो । 

IMG_9768.jpg

गाउँमै स्वास्थ्य सेवा पाउने भएपछि स्थानीयहरु भने खुशी भएका छन् । यहाँका स्थानीयहरु सामान्य चोटपटक लाग्दा समेत  २/३ घण्टा हिडेर काउले वा चण्डीभञ्ज्याङ जान बाध्य थिए ।

images
प्रकाशित मिति :आषाढ २९, २०८० शुक्रवार - १२:०२:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology