मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजार घर भै हाल आइसल्याण्डमा निवासी पारु गुरुङले मृगौला पिडित पूर्वशिक्षिका मित्र कुमारी गुरुङको उचारार्थ नगद १० हजार सहयोग गरेको छ । उनले मंगलबार आफ्नो दाजु किशोर गुरुङ मार्फत सहयोग रकम पिडितलाई हस्तान्तरण गरेको हो ।

गुरुङले यो सँगै स्थानीय एक संस्था आगलागी पिडित र खेलाडीलाई पनि आर्थिक सहयोग प्रदान गरेको छ । उनका दाजु किशोर गुरुङले दिएको जानकारी अनुसार इच्छाकामना त्रिवेणी कला केन्द्र मुग्लिनलाई नगद १८ हजार, राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा समेत तोक्वान्दो खेल मार्फत पदक जित्न सफल खेलाडी सुप्रिका गुरुङलाई नगद १० हजार सहयोग गरेको छ ।
यस्तै उनले आगलागी पिडित इच्छाकामना ५ भटिश्वरा निवासी होम बहादुर गुरुङको घर निर्माणका लागि नगद १० हजार सहयोग गरेको छ ।