आँबुखैरेनी । तनहुँको आबुखैरेनी गाउँपालिकाले सबै वडामा हेलिप्याड बनाउने भएको छ । जटिलता र जोखिममा परेका सुत्केरी आमा र बच्चालाई हवाइ उद्धारका लागि सहजता बनाउन गाउँपालिकाको ६ वटै वडामा हेलिप्याड निर्माण गर्न लागेको हो।
यहाँको भौगोलिक अवस्थालाई मध्यनजर गरि जटिलता र जोखिममा परेका सुत्केरी आमा र बच्चालाई हवाइ उद्दारका लागि प्रत्येक वडामा हेलिप्याड निर्माण गर्ने कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए ।