कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्र रहेका विभिन्न रोजगारदाताहरुसँग अन्तरक्रिया गरेको छ । गाउँपालिकाले स्थानीय तहको रोजगार रणनिति तर्जुमाको लागि रोजगारदाताहरुसँग मंगलबार अन्तरक्रिया गरेको हो ।
गाउँपालिका भित्र विभिन्न रोजगारदाताहरु मार्फत उपलब्ध हुने रोजगारीको समस्याको पहिचान, अवसरको खोजी एवं रोजगारीको अभिवृद्वि गर्ने उद्देश्यले रोजगारदाताहरुसँग अन्तरक्रिया गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालले बताए ।
कार्यक्रममा उद्योगी व्यवसायीहरु सहकरी बैंकका प्रतिनिधि, जनप्रतिनिध लगायतको सहभागिता रहेका थिए । कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत भुषालले कार्यक्रमका बारेमा प्रकाश पारेको थियो । कार्यक्रममा उद्योगी व्यवसायीहरुले उठाएको विषयबस्तुमाथि जनप्रतिनिधिहरुले जवाफ दिएका थिए ।