Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राप्रपाको सुदुरपश्चिम प्रदेश सहसंयोजकमा ज्ञानेन्द्र शाही नियुक्त

राप्रपाको सुदुरपश्चिम प्रदेश सहसंयोजकमा ज्ञानेन्द्र शाही नियुक्त

रासस

२७, आषाढ २०८०
राप्रपाको सुदुरपश्चिम प्रदेश सहसंयोजकमा ज्ञानेन्द्र शाही नियुक्त
images

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सुदूरपश्चिम प्रदेशको सहसंयोजकमा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई नियुक्त गरेका छन् । अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार उनलाई सो पदमा नियुक्त गरेका हुन् । शाही पार्टीका प्रमुख सचेतकको जिम्मेवारीमा समेत रहेका छन् ।

images
images

त्यसैगरी अध्यक्ष लिङ्देनले कर्णाली प्रदेशको सहसंयोजकमा पार्टीका सहमहामन्त्री धनबहादुर बुढालाई नियुक्त गरेका छन् । पार्टीका गतिविधिलाई जनस्तरमा पुर्याएर सङ्गठनलाई सुदृढीकरण गर्न शाही र बुढालाई नयाँ जिम्मेवारी प्रदान गरिएको पार्टीले जनाएको छ ।

यसअघि पार्टीले सातवटै प्रदेशमा पार्टीका वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरूलाई प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरेको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए ।

images
प्रकाशित मिति :आषाढ २७, २०८० बुधवार - ०८:४०:५५ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology