मुग्लिन। पहिरोले मालवाहक ट्रक (कण्टेनर) पल्टाएपछी गएराती देखि अवरुद्ध भएको नारायणगढ-मुग्लिङ सडक खण्ड सुचारु भएको छ । पहिरोले पल्टाएको ट्रकलाई क्रेन र स्काभेटरको सहयोगमा हटाएपछी बिहान ७:३० बजेबाट सडक सुचारु भएको हो। पहिरोले आज बिहान अन्दाजी पौने २ बजेतिर इच्छाकामना ६ स्थित तुइनभिरमा पहिरो झरेर नारायणगढबाट काठमाडौ जाँदै गरेको ना ६ ख ७१० नम्बरको मालवाहक कण्टेनर ट्रक पल्टाएको थियो । ट्रक पल्टिदा चालक पर्सा बिरगंज बस्ने बर्स ३५ को राम पुकार घाइते भएको छ भने ट्रकमा क्षती पुगेको छ ।