Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

क्यान्सरबाट पीडित आँबुखैरेनीका दुई वर्षीय सोपनिल सुनारीको उपचारमा सहयोग गर्न अपिल

क्यान्सरबाट पीडित आँबुखैरेनीका दुई वर्षीय सोपनिल सुनारीको उपचारमा सहयोग गर्न अपिल

images

इच्छाकामना न्युज

१३, आषाढ २०८०
क्यान्सरबाट पीडित आँबुखैरेनीका दुई वर्षीय सोपनिल सुनारीको उपचारमा सहयोग गर्न अपिल
images

आँबुखैरेनी । आँबुखैरेनी गाउँपालिका-३ चिसापानीका दुई वर्षीय सोपनिल सुनारी बोन म्यारो क्यान्सरबाट पीडित छन् । साइमन सुनारी र भवानी सुनारीको छोरा सोपनिल केही समयदेखि क्यान्सरबाट पीडित भई उपचाररत छन्।

घरको आर्थिक अवस्था कमजोर हुँदा उनको उपचारमा समस्या भएको छ । हाल उनको नेपाल क्यान्सर अस्पताल ललितपुरमा उपचार भइरहेको छ । हालसम्म लाखौ खर्च भइसकेको र उपचारका लागि आर्थिक अभाव भएको निजका आमा भवानी विकले बताइन् ।

उनले भनिन्, ‘छोराको उपचारले भएको पैसा सकियो, सबैले सहयोग गरिदिए छोराको उपचार गर्न पाउँथ्यौ ।’

आँबुखैरेनी गाउँपालिकाले निज बालकको उपचारमा सहयोग पुर्याउन आग्रह गरेको छ।

आँबुखैरेनी-३ का वडा सदस्य मनोजकुमार श्रेष्ठले सबैको स-सानो सहयोगले बालकको ज्यान बच्न सक्ने भएकाले सहयोग गर्नका लागि अपिल गरेका छन् ।

बालकका आमा भवानी विकको बैंक खाता विवरण

IMG_0799-609x1024.jpeg

images
प्रकाशित मिति :आषाढ १३, २०८० बुधवार - २३:२८:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology