Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

रत्ननगर १६ मा मेलमिलाप सम्बन्धी एकदिने कानुनी सचेतना

रत्ननगर १६ मा मेलमिलाप सम्बन्धी एकदिने कानुनी सचेतना

इच्छाकामना न्युज

१३, आषाढ २०८०
रत्ननगर १६ मा  मेलमिलाप सम्बन्धी एकदिने कानुनी सचेतना

रत्ननगर । रत्ननगर—१६ मा न्यायिक निरुपण तथा मेलमिलापसम्बन्धी एकदिने कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

images

सामाजिक न्यायमा ऐक्यबद्धता जनाउनुपर्ने विषयलाई लिएर एकदिने छलफल तथा कानुनी सचेतना कार्यक्रम गरिएको वडाध्यक्ष हेमराज थापाले बताए । उनले आफ्नो हकअधिकारको विषयमा व्यक्ति स्वयंले जान्नुपर्ने र छरछिमेकमा भए/गरेका घटनाबारे कानुनी बाधा अडेचन रहे वडाले सहयोग गर्ने बताए ।

सुशासन विकास प्रतिष्ठानका मेलमिलाप विज्ञ कविता अधिकारीले टोलसमाजमा घटेका घटनाहरुको कानुनी उपचार कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएकी थिइन् ।

वडा कार्यालयमा सम्पन्न कार्यक्रममा टोल विकास संस्थाहरुका पदाधिकारी, समाजसेवी, क्लबका सदस्यहरुको सहभागिता रहेको थियो ।

images
प्रकाशित मिति :आषाढ १३, २०८० बुधवार - २३:२५:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology