Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

पर्यटकीय गन्तव्य बन्न सक्ने इच्छाकामनाको मायाटारमा अवस्थित पाथीभरा मन्दिर ओझेलमा

पर्यटकीय गन्तव्य बन्न सक्ने इच्छाकामनाको मायाटारमा अवस्थित पाथीभरा मन्दिर ओझेलमा

images

पत्रपत्रिका

१२, आषाढ २०८०
पर्यटकीय गन्तव्य बन्न सक्ने इच्छाकामनाको मायाटारमा अवस्थित पाथीभरा मन्दिर ओझेलमा
images

मायाटार । शक्तिखोरबाट उपरदाङगढी हुँदै फिस्लिङ जोड्ने बाटोको बीचमा पर्छ, सुन्दर गाउँ मायाटार । गुरूङ र चेपाङ जनजातिको बाक्लो बसोवास रहेको मायाटारको सिरानमा छ, बालगौरी पाथीभरा सिंहदेवीमाईको मन्दिर । इच्छाकामना गाउँपालिकाको वडा नं–२ मा पर्ने यो मन्दिरमा सन्तान नहुनेहरुले सन्तान प्राप्तिका लागि भाकल गरेर पूजा गर्ने चलन छ ।

स्थानीय टीकाबहादुर गुरूङका अनुसार यो मन्दिरमा स्थानीयस्तरमा मात्र नभई काठमाडौँ र भक्तपुरबाट समेत पूजा गर्न आइपुग्छन् । पहिले पहिले यहाँ क्षेत्री समुदाय पनि बस्थे । स्थानीय क्षेत्री र गुरूङ समुदायले नियमित पूजा गर्थे । अहिले बसाइसराईले क्षेत्रीहरु गाउँबाट विस्थापित भएपछि गुरूङ समुदायले पूजा गर्दै आएका छन् ।

क्षेत्रीहरुले गाउँ छाडेपछि स्थानीय गोरे झाँक्रीले मात्रै पूजा गर्थे । गाउँका अन्य यो मन्दिरमा जान पनि डराउँथे । ‘२०६५ सालको भदौमा झाँक्रीको निधन भएपछि त्यो दिन डरलाग्दो हुरीबतास आएर गाउँमा त्रास फैलियो’, स्थानीय व्यवसायीसमेत रहेका गुरूङले भने, ‘त्यसपछि गाउँलेले आँट गरेर मन्दिर बनाएर संरक्षण गर्ने जमर्को गरेका हुन् ।’ खासमा यो ठाउँमा पूजापाठको विधि थाहा नहुँदा गाउँमा धेरै नै अनिष्ट हुने गरेको बूढापाकाको भनाइ उद्धृत गर्दै उनले बताए ।

तर, २०६५ सालपछि चैते दसैँको पूर्णिमामा पूजा गर्ने चलन बसेको छ । त्यसबाहेक लामो समयसम्म खडेरी पर्दा भगवान्सँग पानी माग्ने, नयाँ अन्न चढाउनेजस्ता गतिविधि यो मन्दिरमा हुँदै आएको छ । ‘६५ सालपछि करिब ४५ घर गुरूङ समुदाय मिलेर यो मन्दिरको संरक्षण गर्दै आएका छन्’, उनले भने, ‘स्थानीय सरकारले पनि चासो दिन थालेपछि यसको संरक्षणमा टेवा पुगेको छ ।’

इच्छाकामना गाउँपालिकाले गीताकुमारी गुरूङ अध्यक्ष हुँदा चार लाख रूपैयाँ बजेट विनियोजन गरेर संरक्षणको काम गरेको थियो । सोही बजेटले कक्षा ८ सम्मको पढाइ हुने राष्ट्रिय आधारभूत विद्यालयबाट माथि करिब दुई सय मिटरको दूरीमा फलामको रेलिङसहितको सिँढी बाटो निर्माण भएको छ । दानबहादुर गुरूङ गाउँपालिकाको अध्यक्ष भएर आइसकेपछि पनि सकिँदै गरेको आर्थिक वर्षमा गाउँपालिकाले दस लाख रूपैयाँ बजेट दिएपछि मन्दिरआसपासको क्षेत्रलाई गेटसहित तारजाली लगाएर थप व्यवस्थित र संरक्षण गरिएको छ । यति हुँदा पनि प्रचारप्रसारमा भने पछाडि नै छ ।

विशेषगरी, गर्मीयाममा तराई क्षेत्रको गर्मी छल्न पहाडी भेग उक्लिनेहरुका लागि यो ठाउँ मह¤वपूर्ण गन्तव्य बन्न सक्छ । मनकामना केबलकार, जलविरे झरना, इच्छाकामना मन्दिर, उपरदाङगढीजस्तै इच्छाकामना गाउँपालिकाका लागि यो मन्दिर पनि एउटा पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको स्थानीय सञ्चारकर्मी हीरालाल गुरूङले बताए ।

जिल्लाकै पुरानो सदरमुकाम ऐतिहासिक उपरदाङगढीबाट जम्मा आठ किलोमिटरको दूरीमा रहेको पाथीभरा मन्दिरको दर्शन गराएर भक्तजनलाई फिस्लिङको बाटो घुमाउन सकिने उनले बताए । मायाटारबाट करिब २६ किलोमिटर यात्रा गरेपछि पृथ्वी राजमार्गको फिस्लिङ झर्न सकिन्छ । चितवनपोष्टबाट

images
प्रकाशित मिति :आषाढ १२, २०८० मंगलवार - ११:३८:०३ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology