Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

गण्डकी गाउँपालिकाको बजेट पौने ६२ करोड, चालु आवमा भन्दा झण्डै साढे ४ करोड कम

गण्डकी गाउँपालिकाको बजेट पौने ६२ करोड, चालु आवमा भन्दा झण्डै साढे ४ करोड कम

images

इच्छाकामना न्युज

११, आषाढ २०८०
गण्डकी गाउँपालिकाको बजेट पौने ६२ करोड, चालु आवमा भन्दा झण्डै साढे ४ करोड कम
images

भुम्लिचोक । गोरखाको गण्डकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ को लागि करिब पौने ६२ करोड रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । आईतबार गाउँपालिकाको १३ औँ गाउँसभामा उपाध्यक्ष ललिता अधिकारीले आगामी आर्थिक वर्षको लागि ६१ करोड ७२ लाख ४ हजार १ सय रुपैयाँको बजेट प्रस्तुत गरेको हो । 

गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको बजेट चालु आवमा भन्दा ४ करोड ३९ लाख ९४ हजार ५ सय ८२ रुपैयाँ कम रहेको छ । चालु आवमा पालिकाको बजेट ६६ करोड ११ लाख ९८ हजार ६ सय ८२ रुपैयाँको थियो ।

प्रस्तुत बजेट अनुसार संघीय सरकार वित्तिय समानीकरण अनुदान  १२ करोड ९४ लाख, संघीय सरकार शसर्त अनुदान २८ करोड ९ लाख, संघीय समपुरक अनुदानतर्फ १ करोड ७५ लाख र संघीय विशेष अनुदान १ करोड ४० लाख, संघीय सरकार राजस्व बाँडफाँट ८ करोड ७७ लाख ९७ हजार १ सय गरी जम्मा ५२ करोड ९५ लाख ९७ हजार १ सय बजेट प्रस्ताव गरिएको छ । यस्तै प्रदेश सरकार वित्तिय समानीकरण अनुदान १ करोड ८३ लाख १९ हजार, प्रदेश सरकार शसर्त अनुदान ६० लाख, र प्रदेश सरकार समपुरक अनुदान रु ५० लाख, प्रदेश सरकार राजश्व बाँडफाड ८० लाख ३८ हजार गरी ३ करोड ७३ लाख ५७ हजार प्राप्त हुने अनुमानित बजेट प्रस्ताव गरेको हो । पालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक राजस्वतर्फ २ करोड २ लाख ५० हजार अनुमान गरेको छ भने मौज्दात तर्फको ३ करोड बाकी मौज्दात रहेका जनाएको छ । 

मुख्यगरी गाउँ पालिकाले बजेट व्यहोर्ने स्रोतका रूपमा आन्तरिक राजस्व, अन्तर सरकारी राजस्व बाँडफाँड तथा संघ र प्रदेशबाट प्राप्त हुने अनुदान रकमलाई आधार बनाएर बजेट सार्वजनिक गरिएको गाउँ पालिका अध्यक्ष दीपक तिम्लिसिनाले जानकारी दिनुभयो । 

अध्यक्ष तिम्लिसिनाले आगामी आर्थिक वर्षको बजेट मुख्य गरी कृषि र स्वास्थ्यमा केन्द्रित गरेर बजेट ल्याइएको बताए । जसअन्तर्गत कृषि उत्पादनलाई जोड दिँदै कृषि एम्बुलेन्स सञ्चालन गर्ने, स्वास्थ्यको हकमा सुत्केरी अशक्त र विपन्न नागरिक हरूको लागि निःशुल्क एम्बुलेन्स सञ्चालन गरिने छ ।

भौतिक निर्माणतर्फ वडा गौरवको आयोजना सञ्चालन गर्ने र त्यसमा ८ वटै वडाका लागि ५० लाखको दरले वडा गौरव आयोजनाले यस वर्ष पनि निरन्तरता पाएको अध्यक्ष तिम्लिसिनाले बताए । बजेटले पालिकाको समग्र क्षेत्रलाई समेट्ने प्रयास गरेको छ।

images
प्रकाशित मिति :आषाढ ११, २०८० सोमवार - ०९:५६:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology