Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

मुग्लिनको मर्स्याङ्दी शिक्षा सदनमा बाल क्लबद्वारा जातिय पहिचानको पोशाक प्रदर्शनी

मुग्लिनको मर्स्याङ्दी शिक्षा सदनमा बाल क्लबद्वारा जातिय पहिचानको पोशाक प्रदर्शनी

images

इच्छाकामना न्युज

८, आषाढ २०८०
मुग्लिनको मर्स्याङ्दी शिक्षा सदनमा बाल क्लबद्वारा जातिय पहिचानको पोशाक प्रदर्शनी
images

चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिनमा रहेको मर्स्याङ्दी शिक्षा सदन इङ्लिस स्कुलमा जातिय पहिचानको पोशाक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ।

received_788862269380059-768x1024.jpeg

मर्स्याङ्दी शिक्षा सदन इङ्लिस स्कुलममा अध्ययनरत् विधार्थीहरुको मर्स्याङ्दी बाल क्लबद्वारा आयोजित जातिय पहिचानको पोशाक प्रदर्शनी कार्यक्रम बागमती प्रदेशका प्नदेश सभा सदस्य माननीय कृष्णप्रसाद सिलवालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो।

received_618327056927750-1-768x1024.jpeg

मर्स्याङ्दी बाल क्लबकी अध्यक्ष दिप्ती लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मर्स्याङ्दी शिक्षा सदन इङ्लिस स्कुलका संचालन समितिका अध्यक्ष किशोर गुरुङ विशिष्ट अतिथि एवं बिधालयका प्रधानाध्यापक दिपक श्रेष्ठ अतिथि रहेका थिए।

बाल क्लवकी सचिव स्मृति आलेले संचालन गरेको कार्यक्रममा स्कुलका क्याप्टेन प्रशंसा सिलवालले स्वागत मन्तव्य राखेकी थिइन्।

received_1286337371983099-768x1024.jpeg

विधालयका ४० छात्र छात्राले विभिन्न जातिय पहिचानको पोशाक लगाएर प्रदर्शन गरेका कार्यक्रममा प्रमुख अतिथि सिलवालले धर्म,संस्कार र संस्कृतिलाई सदवै संरक्षण गर्नुपर्ने बताउनुभयो।

received_248111474617403-768x1024.jpeg

यस्तै, प्रमुख अतिथि सिलवालले विधालयले किताबी ज्ञानमा मात्र सिमित नराखेर जीवन उपयोगी कुराहरुमा जोड दिनुपर्ने र छात्र छात्राले पनि शिक्षा हासिल गरिसकेपछि त्यसलाई व्यवहारमा उतार्न सुझाव दिनुभयो।

 

images
प्रकाशित मिति :आषाढ ८, २०८० शुक्रवार - २०:०३:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology