माझगाउँ । चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित माझ गाउँ माविमा बृहत् निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति चितवनको आयोजनामा भोली असार ९ गते बृहत् निःशुल्क स्वास्थ्य शिविर हुन लागेको हो।
शिविरमा विभिन्न रोगका १५ जना विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य जाँच तथा उपचार गरिने आयोजकले जानकारी दिएको छ ।