कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले स्थानीय पत्रकारहरुको क्षमता अभिवृद्विको लागि तालिम संचालन गर्ने भएको छ ।
गाउँपालिका गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०।०८१ को वार्षिक निति तथा कार्यक्रम मंगलबार सार्वजनिक गर्दै स्थानीय पत्रकारहरुको लागि क्षमता अभिवृद्वि तालिमका साथै खोज पत्रकारिता तालिम समेत दिइने भएको छ ।
यस्तै गाउँपालिकाले स्थानीय समाचार सम्प्रेषणको वातावरण सृजना गर्ने उत्कृष्ट पत्रकारलाई सम्मान समेत गर्ने कार्यक्रम संचालन गरिने निति तथा कार्यक्रममा उल्लेख छ ।