कुरिनटार । चितवनको इच्छाकामनामा गाउँपालिकामा व्यवसाय कर तिर्ने व्यवसायीहरुको स्वास्थ्य बिमा गर्दा अब २५ प्रतिशत प्रिमियम शुल्क गाउँपालिकाले तिरिदिने भएको छ ।
मंगलबार गाउँपालिकाको आर्थिक वर्ष २०८०।०८१ को वार्षिक निति तथा कार्यक्रम आज सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले व्यवसाय कर तिर्ने व्यवसायीहरुको स्वास्थ्य बिमा गर्दा अब २५ प्रतिशत प्रिमियम शुल्क गाउँपालिकाले तिरिदिने बताएको हो ।
यस्तै विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने कार्यक्रमले यसपटक पनि निरन्तरता पाएको छ ।