कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाका जनप्रतिनिधि, सामुदायिक विद्यालयका शिक्षकका साथै सरकारी कर्मचारीले अब आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने भएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०८०।०८१ को वार्षिक निति तथा कार्यक्रम आज सार्वजनिक गर्दै आगामी वर्षदेखि सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी एंव जनप्रतिनिधिहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा अध्ययन गराउनु पर्ने व्यवस्था मिलाउने भएको हो ।
गाउँपालिकाले सामुदायिक विद्यालयको शिक्षामा गुणस्तरीयता ल्याउन र सरोकारवालालाई उत्तरदायी बनाउन आगामी वर्षबाट इच्छाकामना गाउँपालिकाका जनप्रतिनिधि, सामुदायिक विद्यालयका शिक्षकका साथै सरकारी कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने व्यवस्था ल्याउन लागेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए ।