Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

दश वर्षे गाउँ शिक्षा योजना बनाउदै इच्छाकामना गाउँपालिका, सरोकारवालासँग सुझाव संकलन

दश वर्षे गाउँ शिक्षा योजना बनाउदै इच्छाकामना गाउँपालिका, सरोकारवालासँग सुझाव संकलन

images

इच्छाकामना न्युज

५, आषाढ २०८०
दश वर्षे गाउँ शिक्षा योजना बनाउदै इच्छाकामना गाउँपालिका, सरोकारवालासँग सुझाव संकलन
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले दश वर्षे गाउँ शिक्षा योजना निर्माणको लागि तयारी गरिरहेको छ । विगत ६ महिनादेखि गाउँपालिकाले सामाजिक विकास समितिका संयोजक वडा नं. ६ का वडाध्यक्ष लक्ष्मण चेपाङको संयोजकत्वमा गाउँ शिक्षा योजना निर्माण समिति गठन गरी गाउँपालिकाको आगामी दश वर्षे गाउँ शिक्षा योजना निर्माण गरिरहेको हो ।

समितिले अहिले गाउँ शिक्षा योजनाको मस्यौदा बनाई सकिएको र सोही मस्यौदा माथि छलफल गरिरहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख दुर्गादेवी खड्काले जानकारी दिए । गाउँपालिकाले सोमबार मात्रै एक कार्यशाला गोष्ठी कार्यक्रमको आयोजना गरि शिक्षक, जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि लगायत सरोकारवालाहरुसँग मस्यौदा माथि छलफल गर्दै सुझाब संकलन गरेको छ । 

गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको  आयोजनामा चुम्लिङ्गटार स्थित सिद्धार्थ रिर्सोटमा गाउँ शिक्षा योजना  २०७९÷८०–२०७९÷९० निर्माण सम्बन्धी सुझाब संकलन कार्यशाला गोष्ठी सम्पन्न गरेको हो । कार्यक्रममा राष्ट्रिय युवा परिषद्का प्रशासकिय अधिकृत रमाकान्त शर्माले सहजीकरण गर्नुभएको गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ सभापति रहेका थिए ।

images
प्रकाशित मिति :आषाढ ५, २०८० मंगलवार - ०९:०७:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology